‘टिके’को भरमा चल्दै पार्टीका संघ संगठन
काठमाडौं । अधिकांश प्रमुख विद्यार्थी संघ संगठनमा महाधिवेशनबाट नेतृत्व चयन नभएको वर्षौ भएको छ । चुनावी प्रतिस्पर्धामा जाँदा हारिन्छ भनेर डराउनेहरु पार्टी नेतृत्वको चाकडी गर्दै मनोनीत पद खान सक्रिय बनेका छन् ।
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ), युवकहरुको संघ नेपाल तरुण दलमा केही समयअघि पार्टीले नयाँ जिम्मेवारी दिएको छ । पार्टीले गत चैत्रमा नेविसंघको अध्यक्षमा दुजाङ शेर्पालाई र त्यसको केही समयपछि तरुण दलको अध्यक्ष विद्धान गुरुङलाई बनाएको थियो । शेर्पा र गुरुङमात्र समितिमा रहेका छन्, अरु पदाधिकारी र केन्द्रीय सदस्य चयन गरिएको छैन । नेविसंघ र तरुण दलमा प्राय ः महाधिवेशन हुँदैन, उद्घाटनसम्म भए पनि पार्टी नेतृत्वले आफ्नो मान्छेलाई ल्याउने भन्दै हस्तक्षेप गर्ने गरेकाले संघ संगठन अलपत्र बन्दै आएका छन् । यसअघि जितजंग वस्नेतको अध्यक्षतामा गठित तरुण दलको केन्द्रीय समिति पनि ४ जनाको मात्र रहयो । पार्टीका प्रमुख ४ नेताले आफ्नो भागमा एक एक जना समितिमा राखेका थिए । लामो समयसम्म अध्यक्ष वस्नेत र महासचिव भूपेन्द्रजंग शाहीबीच झगडामात्र चलिरहयो । वस्नेत पार्टीका सभापति शेरबहादुर देउवा पक्षधर हुन् भनें शाही अर्को धारबाट राजनीति गर्दै हुनुहुन्छ । कांग्रेसले समयावधि सकिएका संघ संगठनको कार्याकाल सकिएको भनेपछि धेरैजसो संघ संगठन नेतृत्वविहीन भएका छन् । कांग्रेसको महिला संघको अवस्था पनि उस्तै छ । महिला संघकी निवर्तमान अध्यक्ष उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री छिन् । महिला संघको अध्यक्ष बन्न पनि अहिले दौडधुप चलिरहेको छ । नेताको नजिक भए केही कामै नगरी पनि पद पाइन्छ भन्ने मानसिकता भएकाले उनीहरु गाउँ जाने र जनताको हरेक दुखसुखमा सहभागी हुनेतर्फ ध्यानै दिँदैनन् । कांग्रेसको मात्र होइन नेकपा एमालेको अवस्था पनि उस्तै छ । एमालेले आफ्नो प्रमुख संगठन मानेको विद्यार्थी संगठन अनेरास्ववियुको पनि महाधिवेशन गरेको छैन । कायर्काल सकिएको लामो समयसम्म नेतृत्व रिक्त भएपछि पार्टीले विकल्प दिएर महाधिवेशन गर्नुको साटो टिके अध्यक्ष बनाएको छ । पार्टीले निवर्तमान उपाध्यक्ष सुनिता बराललाई अध्यक्षको जिम्मेवारी दिएको छ । उनी आएको केही समय भएको छ तर पनि महाविधेवशनको प्रक्रिया पूर्णरुपले अघि बढेको छैन । गाउँघरमा गएर संगठन नगर्ने, जनताको काम गरेर मन नजित्ने अनि काठमाडौंमा बसेर नेताको चाकडी गर्दै नेतृत्व हत्याउन खोज्ने गलत संस्कारको विकास हुँदै गएकामा पार्टीमा बसेर काम गरेकाले दुःख व्यक्त गरेका छन् ।
ताजा
शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग
२०८३ श्रावण ११ गते, सोमबार
शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग
२०८३ श्रावण ११ गते, सोमबार
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै
२०८३ श्रावण ११ गते, सोमबार
झडप र तनावपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु
२०८३ श्रावण ११ गते, सोमबार
बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक
२०८३ श्रावण ११ गते, सोमबार
मःमभित्र कपाल, कारवाही होला त ?
२०८३ श्रावण ११ गते, सोमबार
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट
२०८३ श्रावण ४ गते, सोमबार
अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण २ गते, शनिबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





