नवलको ‘काँडेतार’ भित्र के छ ?

काठमाडौं । कलाकार, निर्माता तथा चलचित्र निर्देशक नवल खड्काले चलचित्र ‘ काँडेतार’ बनाएका छन् । केही समयपछि प्रदर्शनमा आउने चलचित्रबारे अहिले उनी विभिन्न व्यक्तिसँग छलफलमै रहेका छन् ।
‘यो चलचित्रले समाजलाई एउटा सन्देश दिन्छ भन्नेमा म प्रष्ट छु, यसलाई हेर्न र बुझिदिन आग्रह गर्दै आएको छु’ खड्काले भने ‘अहिले जहााताँही नेपालको सीमाना मिचिएको छ, नेपाल जोगाउने चलचित्र भएकाले सबैले एक पटक हेर्नैपर्छ ।’ सामना फिल्म्स प्रालिको व्यानरमा बनेको चलचित्रको कार्यकारी निर्माता सत्यकला राई हुन् । खड्का निर्देशक रहेको चलचित्र झण्डै ४ वर्ष लगाएर बनाइएको हो । खड्काले सातवटै प्रदेशमा यसबारे जानकारी दिने गरी गोष्ठी र अन्तरक्रिया हुने जनाएका छन् । चलचित्रले आगामी बुधबार दिउँसो १ बजे रिपोर्टस् क्लव नेपालमा विभिन्न पार्टीका नेतासँग अन्तरक्रिया गर्दैछ । यसअघि खड्काले पार्टीका विद्यार्थी र युवा संघसँग पनि छलफल गरिसकेका छन् ।
नम्बर प्रदेश, मधेश प्रदेश र वागमती प्रदेशमा छायाँकन गरिएको चलचित्र जनताद्धारा, जनताका लागि नै बनाइएको खड्काको भनाई छ । खड्काले यसअघि देशभक्तिपूर्ण भावना समेटिएको ‘दशगजा’, ‘भीमदत्त’, ‘आवाज’ र ‘क्रान्ति’ चलचित्रको निर्माण गरिसकेका छन् । ती चलचित्रमा उनी नायक पनि छन् ।
२ घण्टाको चलचित्र झण्डै ३ करोड रुपैंयामा निर्माण भएको हो । खड्काले चलचित्र चलाउन सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । उनले चलचित्रले समाजलाई योगदान गरेको भए पनि सरकार र सरोकारवाला निकायले बेवास्ता गरेको आरोप पनि लगाएका छन् । ‘काँडेतार’ मा खड्कासहित, गौरव पहाडी, सुरविना कार्की, रेविका गुरुङ, प्रशान्त यादव, मुरलीधर, सञ्जय खतिवडा, रोमियन लिम्बू, प्रेम सुव्वा, पुष्प श्रेष्ठ, पर्शराम चौधरी, महेश गिरी, केशव रायमाझी, रविकुमार शाह, ज्ञानेन्द्र कोइराला, केवलजंग कुँवर, खेम नेपाली, राम विश्वास, छवि वैरागी, मातृका घिमिरे, राजेन्द्र भगत, पन्नालाल सिक्दार, प्रेम कार्की, अन्जु केसी, प्रतिक श्रेष्ठ, रामेश्वर बुर्लाकाटी, रितु चौधरी, कल्पना पाण्डेय, लक्ष्मण पुन्य कालुराम खवास, भरत गुरागाई, रोमन कट्टेललगायतका कलाकारको अभिनय रहेको छ । बाल कलाकारमा नादिया खड्का र सनया खड्का रहेका छन् ।
ताजा

गृह मन्त्रालय रास्वपाले पाउनुपर्छ, पूर्णपाठ किन चाहियोः ओली
२०७९ माघ १९ गते, बिहीबार
गृह मन्त्रालय रास्वपाले पाउनुपर्छ, पूर्णपाठ किन चाहियोः ओली
२०७९ माघ १९ गते, बिहीबार
रविको चेतावनीः मेरो मौनता आजसम्ममात्रै हो
२०७९ माघ १९ गते, बिहीबार
स्वर्ण पदक हात पारेर खेलाडीहरु नेपाल फर्के
२०७९ माघ १९ गते, बिहीबार
स्वर्ण पदक हात पारेर खेलाडीहरु नेपाल फर्के
२०७९ माघ १९ गते, बिहीबार
९ किलो सुनसहित क्यानडेली नागरिक एयरपोर्टबाट पक्राउ
२०७९ माघ १९ गते, बिहीबार
भारतले घटायो नेपाललाई दिने अनुदान
२०७९ माघ १९ गते, बिहीबार
लामिछानेलाई खेदेको खेदै युवराज
२०७९ माघ १९ गते, बिहीबार
बागलुङमा जिसीले गरे आत्मदाह प्रयास
२०७९ माघ १९ गते, बिहीबार
गठबन्धन विरोधीहरुको चंगुलमा फस्दै प्रधानमन्त्री दाहाल
२०७९ माघ १९ गते, बिहीबार
हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा
२०७९ माघ १६ गते, सोमबारलोकप्रिय

धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार
गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार
२०७९ भाद्र २९ गते, बुधबार