ठिकसँग काम नगर्नेहरु को को छन्? अझै हेर्दैछु म, अर्को निर्णय आउन सक्छ, सच्चिएर काम गर्नु होला: हर्क साम्पाङ

२०७९ श्रावण १३ गते, शुक्रबार

राजनीतिक भर्ती केन्द्र बनेको धरान उपमहानगरपालिकाले मेयरमा स्वतन्त्र व्यक्ति हर्क साम्पाङ निर्वाचित भएपछि भने कर्मचारी कटौती गर्न थालेको छ। विगतमा मेयरहरूले आफ्ना कार्यकर्ताहरूको भर्ती केन्द्र बनाएको उपमहानगरपालिकाले असार मसान्तपछि १८ जना करारका कर्मचारीलाई हाजिर गर्न दिएको छैन।

धरान खानेपानी व्यवस्थापन बोर्डका ६ कर्मचारीलाई हटाइएको छ। मेयर साम्पाङले काम नगर्ने कर्मचारीहरूलाई हटाउने अभिव्यक्ति दिँदै आएका थिए। नगरपालिकामा हाजिर गर्न नदिइएका १८ जनामध्ये आठजना प्राविधिकतर्फका करार कर्मचारी छन्। अन्य १० जना भने २०७४ सालपछि निर्वाचित भएका मेयरहरूकै पालामा राजनीतिक रूपमा भर्ती भएकाहरू हुन्।

उपमहानगरले हाजिरी खातामा सूचना टाँसेर ती १८ जनालाई हाजिर गर्न रोक लगाएको छ। असार मसान्तसम्म करार अवधि रहेको र उनीहरूबारे थप निर्णय नभएकाले हाजिर गर्न नदिइएको नगरपालिका स्रोतले जनाएको छ।

मेयर र उपमेयरले निर्णय लिएपछि मात्र उनीहरूको करार अवधि नवीकरण हुने वा नहुने भन्ने प्रस्ट हुने पनि एक अधिकृतले बताए। राजनीतिक रूपमा भर्ती भएकाहरूलाई नहटाउन र करार अवधि थप गर्न नेपाली कांग्रेस, नेकपा एमालेको ठुलो दबाब छ।

प्राविधिकतर्फका आठजनाबाहेक अन्य १० जना तत्कालीन स्वर्गीय मेयर तारा सुब्बा, उनको निधनपछि कार्यवाहक मेयर मञ्जु भण्डारी र उपनिर्वाचनबाट मेयरमा निर्वाचित तिलक राईका पालामा राजनीतिक भर्ती भएकाहरू हुन्।

धरान खानेपानी व्यवस्थापन बोर्डले पनि काम नगर्ने ६ कर्मचारीलाई हटाएको छ। हटाइएकाहरू सहायकस्तर चौथो तहका करार कर्मचारी हुन्।फेरि पनि हर्क साम्पाङले एक फेसबुकमा एक पोस्ट गरेका छन्। उनले लेखेका छन्, ‘खानेपानीमा ठिकसङ्ग काम नगर्नेहरु को को छन्? अझै हेर्दैछु म। अर्को निर्णय आउन सक्छ। सच्चिएर काम गर्नु होला। जय धरान।’

207 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal