ठिकसँग काम नगर्नेहरु को को छन्? अझै हेर्दैछु म, अर्को निर्णय आउन सक्छ, सच्चिएर काम गर्नु होला: हर्क साम्पाङ
राजनीतिक भर्ती केन्द्र बनेको धरान उपमहानगरपालिकाले मेयरमा स्वतन्त्र व्यक्ति हर्क साम्पाङ निर्वाचित भएपछि भने कर्मचारी कटौती गर्न थालेको छ। विगतमा मेयरहरूले आफ्ना कार्यकर्ताहरूको भर्ती केन्द्र बनाएको उपमहानगरपालिकाले असार मसान्तपछि १८ जना करारका कर्मचारीलाई हाजिर गर्न दिएको छैन।
धरान खानेपानी व्यवस्थापन बोर्डका ६ कर्मचारीलाई हटाइएको छ। मेयर साम्पाङले काम नगर्ने कर्मचारीहरूलाई हटाउने अभिव्यक्ति दिँदै आएका थिए। नगरपालिकामा हाजिर गर्न नदिइएका १८ जनामध्ये आठजना प्राविधिकतर्फका करार कर्मचारी छन्। अन्य १० जना भने २०७४ सालपछि निर्वाचित भएका मेयरहरूकै पालामा राजनीतिक रूपमा भर्ती भएकाहरू हुन्।
उपमहानगरले हाजिरी खातामा सूचना टाँसेर ती १८ जनालाई हाजिर गर्न रोक लगाएको छ। असार मसान्तसम्म करार अवधि रहेको र उनीहरूबारे थप निर्णय नभएकाले हाजिर गर्न नदिइएको नगरपालिका स्रोतले जनाएको छ।
मेयर र उपमेयरले निर्णय लिएपछि मात्र उनीहरूको करार अवधि नवीकरण हुने वा नहुने भन्ने प्रस्ट हुने पनि एक अधिकृतले बताए। राजनीतिक रूपमा भर्ती भएकाहरूलाई नहटाउन र करार अवधि थप गर्न नेपाली कांग्रेस, नेकपा एमालेको ठुलो दबाब छ।
प्राविधिकतर्फका आठजनाबाहेक अन्य १० जना तत्कालीन स्वर्गीय मेयर तारा सुब्बा, उनको निधनपछि कार्यवाहक मेयर मञ्जु भण्डारी र उपनिर्वाचनबाट मेयरमा निर्वाचित तिलक राईका पालामा राजनीतिक भर्ती भएकाहरू हुन्।
धरान खानेपानी व्यवस्थापन बोर्डले पनि काम नगर्ने ६ कर्मचारीलाई हटाएको छ। हटाइएकाहरू सहायकस्तर चौथो तहका करार कर्मचारी हुन्।फेरि पनि हर्क साम्पाङले एक फेसबुकमा एक पोस्ट गरेका छन्। उनले लेखेका छन्, ‘खानेपानीमा ठिकसङ्ग काम नगर्नेहरु को को छन्? अझै हेर्दैछु म। अर्को निर्णय आउन सक्छ। सच्चिएर काम गर्नु होला। जय धरान।’
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





