ट्राफिक बत्ती पनि, ट्राफिक प्रहरी पनि !

२०७९ श्रावण १२ गते, बिहीबार

 प्रसूतिगृहमा जँचाउन जान लाग्नु भएकी धादिङकी निर्मला पाठक थापाथलीमा बाटो काट्दै हुनुहुन्छ । डाक्टरले दिएको समयभन्दा केही ढिलो होला भनेर उहाँ हतारिनु भएको छ । तर, तारन्तार आइरहेका गाडीले उहाँ बाटो काट्न सकिरहनु भएको छैन । 

‘हतार भएर बत्ती बल्छ कि भनेर हेरेको पिलिक पिलक गरेको मात्र देखिन्छ । अब ट्राफिकले कहिले रोक्ने हो र बाटो काट्नु’ गाडी कुन बेला रोकिन्छ भनेर हेर्दै गरेकी पाठकले भन्नुभयो ।

थापाथली चोकमा राखिएको ट्राफिक लाइट प्रायः पिलिक पिलिक मात्रै गरिरहन्छ । थापाथलीको जाममा रोकिएका ट्याक्सी ड्राइभर रोशन तामाङ भन्नुहुन्छ ‘धेरै बेर भयो जाममा बसेको । अन्त त बत्ती बलेको देखिन्छ । यहाँ त ट्राफिकले हात हल्लाएर यता आउ र उता जाउ भन्छन् । खोइ के गरेको हो ।’

थापाथलीमा कुपण्डोलबाट सिंहदरबार, त्रिपुरेश्वरबाट माइतीघर, प्रसूतिगृह, कुपण्डोल जाने तथा थापाथलीबाट कुपण्डोलतर्फ जाने गाडीको चाप धेरै रहने गर्छ । यस्तोमा ट्राफिक बत्तीले गाडी नियन्त्रण नगरि ट्राफिकले नियन्त्रण गर्दा कुनै लेनको गाडी छिटो र कुनै लेनको ढिलो छुट्ने गर्छ । 

गाडीको चाप एकै नहुने, विद्युत् आपूर्ति अ,वरुद्ध हुने अनि बेलाबेला बिग्रने कारणले बत्ती बाल्न नसकिएको बताउनुहुन्छ, ट्राफिक प्रहरीका प्रवक्ता सञ्जीव शर्मा । उहाँ भन्नुहुन्छ ‘ट्राफिक बत्ती ट्राफिकले राख्दैन, त्यसैले हामीले बले बाल्दिने हो । नबल्ने भएर नै ट्राफिक राख्नुपरेको हो ।’

काठमाण्डौ उपत्यकाको ट्राफिक बत्ती जडान तथा मर्मत सम्भारको काम सडक विभागले गर्छ । काठमाण्डौ उपत्यकाका थापाथली, सिंहदरबार, महाराजगञ्ज, बानेश्वर, कोटेश्वर, त्रिपुरेश्वर, दरबारमार्गलगायत २४ वटा चोकमा विभागले ट्राफिक बत्ती जडान गरेको छ ।

सडक विभागका सडक सुरक्षा तथा ट्राफिक युनिट प्रमुख बेलबहादुर भुजेल भन्नुहुन्छ, ‘हामीले जडान गरेका २४ वटा चोक छन् । त्यसको मर्मत तथा सफ्टवेयरमा समस्या आयो भने हामीले हेर्छौँ ।’

काठमाण्डौका व्यस्त चोकहरु थापाथली, त्रिपुरेश्वर, सिंहदरबार, बानेश्वरलगायतका ठाउँमा ट्राफिक बत्ती भए पनि ट्राफिक प्रहरी नै उभिएर हात हल्लाइरहेको देखिन्छ ।

ट्राफिक प्रहरी पनि बत्ती पनि किन त भन्ने जिज्ञासामा प्रवक्ता शर्मा भन्नुहुन्छ, ‘हामी कस्तो देशको नागरिक हो भने ट्राफिक बत्तीको मुनि ट्राफिक बस्छ । संसारमा कहीँ पनि बस्दैन । कहिले बत्ती गएको हुन्छ । कहिले बिग्रिएको हुन्छ । अनि हामीले बाध्य भएर ट्राफिक राखेर नियन्त्रण गर्नुपर्छ ।’

थापाथलीमा लामो समयदेखि ट्राफिक बत्ती नबले पनि सडक विभागका भुजेल भने ट्राफिक बत्तीमा कहीँ पनि समस्या नरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, बानेश्वर, त्रिपुरेश्वर, थापाथलीलगायतका कुनै पनि भीआईपी एरियामा समस्या छैन ।

हामीले ट्राफिक प्रहरीलाई अनुरोध गरेका छौँ । सकेसम्म यसलाई नियमित गरौँ । ट्राफिक सिग्नलहरु बलोस् र नागरिहरु पनि त्यही अनुरुप हिँड्न पाउन भन्ने हाम्रो पनि चाहना छ ।’

महानगरीय ट्राफिक प्रहरी कार्यालय काठमाण्डौका उपत्यका ट्राफिक अपरेशन इञ्चार्ज सन्तोष रोका भन्नुहुन्छ, ‘कार्यालय समयमा ६० प्रतिशत गाडी ललितपुरबाट छिर्छ भने ५० प्रतिशत त्रिपुरेश्वरबाट ।

त्यसको तुलनामा माइतीघरबाट कुपण्डोल जाने झन्डै ४० प्रतिशत हुन्छ । त्यसैले मिलाउन गाह्रो छ ।’

179 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal