डडेल्धुराबाट चुनाव ल,ड्ने घोषणा गरेका ढकाल भन्छन्- देउवालाई आराम दिन आएको हुँ
प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं ?’ भन्दै पाँच वर्षअघि प्रश्न गरेका सागर ढकाल आगामी निर्वाचनमा देउवासँगै चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् ।
पाँच वर्षअघि बीबीसीको साझा सवाल कार्यक्रममा देउवालाई प्रश्न सोधेर चर्चामा आएका गुल्मीका सागर ढकालले बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलन गर्दै आगामी प्रतिनिधिसभाको चुनाव डडेल्धुराबाट लड्ने घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै उनले मुलुक हाँक्न ४० वर्ष मुनिका युवा आवश्यक रहेको बताए । उनले आगामी संसदीय निर्वाचनमा ‘थोरै नयाँ होइन पुरै नयाँ’ अभियानसहित तीन वटा मु,द्दा लिएर अगाडि बढेको बताए ।
जसमा वातावरण विकाससँगै संस्कार संस्कृति, युवाहरूको प्रत्यक्ष नेतृत्व बुवाआमाबाट सल्लाह, हजुरबुबा हजुरआमाहरूलाई स–सम्मान आराम र विकास र संविधानमा उल्लेख गरिएका बुँदाहरू कार्यान्वयन छन् ।
‘शेरबहादुरहरूलाई स–सम्मान आराम दिने हो । उहाँहरूले धेरै मेहेनत गर्नु भयो । हाम्रो लागि बोल्ने वातावरण बनाइदिनु भयो’ उनले भने, बुवा पुस्ता गगन थापा, योगेश भट्टराई, घनश्याम भुसालहरू ढुङ्गा मुडा गरेर आउनु भएको हो । उहाँहरू लोकतन्त्रको लागि लड्दिनु भयो । अब सल्लाह दिने काम गर्नुहुन्छ ।’
व्यवस्था पाइसकेकोले अवस्था परिवर्तन गर्ने समय आएको उनको भनाइ छ । डडेल्धुराबाट देशभरि सन्देश दिन आफूले उम्मेदवारी दिएको उनले बताए ।
सांसद बन्नको लागि मात्रै हो भने शिक्षित सहरबाट चुनाव लड्न सक्ने उनको तर्क छ । डडेल्धुरामा मात्रै आगो बाल्न सके देशभरि फैलिन सक्ने उनको दाबी छ ।
उनी भन्छन्, १६५ क्षेत्रबाटै युवा उठे । तर, म डडेल्धुराबाट हारे भने अन्य ठाउँबाट त जित्छन्, म हार्नु ठूलो कुरा होइन देशले जित्नु पर्छ । म देउवालाई हराउन आएको होइन । ४०र५० देशलाई कसरी हाँक्नु पर्दछ भन्ने भिजन ल्याएर आएको हुँ ।’
पाहुनालाई माया गर्ने नेपालीको संस्कार भएकोले त्यो माया पाउने उनको अपेक्षा छ । उनले डडेल्धुराको युवालाई गुल्मीबाट उठ्नसमेत आग्रह गरे । देशको मु,द्दा लिएर जसले जहाँबाट उठे पनि हुने उनको तर्क छ ।
डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावी क्षेत्र हो । बुधबार बस चढेर उनी डडेल्धुरा पुगेका हुन् । ढकाल पेसाले इन्जिनियर हुन् । उनी आफैंले पनि बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट अध्ययन गरेर आएको बताएका छन् ।
ताजा
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबार
‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा
२०८३ असार ३ गते, बुधबार
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता
२०८३ असार ३ गते, बुधबार
पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको
२०८३ असार ३ गते, बुधबार
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड
२०८३ असार २ गते, मंगलवार
MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता
२०८३ असार २ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





