अर्कैको चेकमा नक्कली हस्ताक्षर र छापबाट पैसा झिक्ने ‘पत्रकार’ प,क्राउ
मकवानपुरको थाहा नगरपालिका स्थायी घर भई हाल ललितपुरको सातदोबाटो बस्दै आएका २१ वर्षीय वासुदेव अर्याल प,क्राउ परेका छन् ।
चेकमा नक्कली हस्ताक्षर र छाप प्रयोग गरेर एक कम्पनीको रकम झिकेको आरोपमा प,क्राउ परेका हुन् । काठमाडौं प्रहरी परिसरका अनुसार २१ वर्षीय अर्यालले बाटोमा भेटेको चेकका आधारमा अर्को चेक बुक निकालेर त्यसबाट १० लाख ३५ हजार भुक्तानी लिइसकेपछि प,क्राउ परेका हुन् ।
त्रिपुरेश्वरस्थि फल्कोनाइड इन्पोर्ट एन्ड एक्सपोर्ट प्रालिको नाममा रहेको एसबीआई बैंकको हस्ताक्षरसहितको चेक अर्यालले भेटेका थिए ।
सात लाख रूपैयाँ उल्लेख भएको उक्त चेक नसाटिएपछि अर्यालले नक्कली छाप र हस्ताक्षर प्रयोग गरेर उक्त बैंकबाट चेकबुक जारी गर्न लगाएको प्रहरीले जनाएको छ ।
‘हराएको चेक तत्कालै सम्बन्धित व्यक्तिले बैंकमा पुगेर रोकेका रहेछन् । त्यसपछि अर्याल आफैले चेकमा रहेको दस्तखत र छाप हेरेर नयाँ तयार गरेको पाइएको छ । पेप्सीकोलास्थित एसबीआई बैंकले पनि दुरुस्तै छाप र हस्ताक्षर देखेपछि चेक जारी गरेको रहेछ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने ।
जारी भएको चेकबाट सौरभ डंगोलको नाममा पैसा निकाल्ने गरेको पाइएको छ । बाटोमा फेला परेको डंगोलको सवारी लाइसेन्सका आधारमा अर्यालले उनको नामबाट पैसा निकाल्ने गरेको प्रहरीको भनाइ छ ।
अर्यालसँग सूचना विभागबाट जारी पत्रकार परिचय पत्र पनि रहेको प्रहरीले जनाएको छ । उक्त पत्रकार परिचय पत्रमा अर्याल तिखोकलम डटकममा आबद्ध रहेको देखिन्छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





