यसरी सम्पन्न भयो जसपाको वीरगञ्ज बैठक
वीरगञ्ज, । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको बैठक निर्वाचनको समिक्षा, संघीय तथा प्रदेश सभा निर्वाचनको तयारी, पार्टी अनुशासन उल्लंघन गरेका डा। बाबुराम भट्टराई लगायत नौ जना नेताहरूलाई पदीय जिम्मेवारीबाट हटाउने, केन्द्रीय समितिमा तेंतिस प्रतिशत महिला समावेश गर्ने लगायत दशवटा कार्यसूचीमा छलफल गरी सम्पन्न भएको छ ।
यस पटकको बैठकमा पार्टीभित्र वैचारिक नेताको रूपमा छवी बनाएका संघीय मामिला मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको भूमिकाले विशेष चर्चा पाएका छन् ।
केही समय अगाडी डा। बाबुराम भट्टराईले अशोक राईलाई उपयोग गरी पार्टी कब्जा गर्ने योजना बनाउँदा त्यसलाई असफल पार्न श्रेष्ठले महत्त्वपूर्ण भूमिका खेलेका थिए । त्यतिबेला डा। भट्टराईको योजना बुझ्न नसकेका केही व्यक्तिहरूले श्रेष्ठको विरोध समेत गरेका थिए । डा। भट्टराईको योजना विभिन्न बहानामा पार्टी आफ्नो हातमा पार्नु थियो । त्यसलाई असफल पारी उपेन्द्र यादव र अशोक राईबिचको दूरी मेटाउन उनले महत्त्वपूर्ण भूमिका मात्र खेलेन, अशोक राईलाई संघीय परिषद अध्यक्ष बनाउन पर्दा पछाडिबाट भूमिका खेले ।
वीरगञ्जमा सम्पन्न केन्द्रीय समितिको बैठकमा संघीय परिषद अध्यक्षको रूपमा डा भट्टराईको भूमिकाले तर्सिएका अधिकांश केन्द्रीय सदस्यहरूले संघीय परिषद पार्टीभित्रको अर्को शक्ति केन्द्र बनाउने षडयन्त्र भएकोले त्यसलाई खारेज गर्नुपर्ने कुरा उठ्दा श्रेष्ठले मञ्चमा उभिएर उक्त परिषद खारेज गर्न नहुने कुरा राखे । लगतै उपेन्द्र यादवले अशोक राईलाई संघीय परिषद अध्यक्ष बनाउन प्रस्ताव गरे र सिंगो हलले समर्थन गरे । यसरी अशोक राई बने संघीय परिषदको अध्यक्ष ।
डा भट्टरईले अशोक राईलाई उपयोग गर्न खोजे, राजेन्द्र श्रेष्ठले संघीय परिषदकै अध्यक्ष बनाउन भूमिका खेले । पार्टीका एक वैचारिक आर्किटेक्टको रूपमा चिनिएका उनले केन्द्रीय समितिको वीरगञ्ज बैठकमा संगठनात्मक दृष्टीले कूशल व्यवस्थापकको रूपमा पनि चर्चा पाए । यो वीरगञ्ज बैठक सफलताको एउटा महत्त्वपूर्ण कडी हो ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





