यसरी सम्पन्न भयो जसपाको वीरगञ्ज बैठक
वीरगञ्ज, । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको बैठक निर्वाचनको समिक्षा, संघीय तथा प्रदेश सभा निर्वाचनको तयारी, पार्टी अनुशासन उल्लंघन गरेका डा। बाबुराम भट्टराई लगायत नौ जना नेताहरूलाई पदीय जिम्मेवारीबाट हटाउने, केन्द्रीय समितिमा तेंतिस प्रतिशत महिला समावेश गर्ने लगायत दशवटा कार्यसूचीमा छलफल गरी सम्पन्न भएको छ ।
यस पटकको बैठकमा पार्टीभित्र वैचारिक नेताको रूपमा छवी बनाएका संघीय मामिला मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको भूमिकाले विशेष चर्चा पाएका छन् ।
केही समय अगाडी डा। बाबुराम भट्टराईले अशोक राईलाई उपयोग गरी पार्टी कब्जा गर्ने योजना बनाउँदा त्यसलाई असफल पार्न श्रेष्ठले महत्त्वपूर्ण भूमिका खेलेका थिए । त्यतिबेला डा। भट्टराईको योजना बुझ्न नसकेका केही व्यक्तिहरूले श्रेष्ठको विरोध समेत गरेका थिए । डा। भट्टराईको योजना विभिन्न बहानामा पार्टी आफ्नो हातमा पार्नु थियो । त्यसलाई असफल पारी उपेन्द्र यादव र अशोक राईबिचको दूरी मेटाउन उनले महत्त्वपूर्ण भूमिका मात्र खेलेन, अशोक राईलाई संघीय परिषद अध्यक्ष बनाउन पर्दा पछाडिबाट भूमिका खेले ।
वीरगञ्जमा सम्पन्न केन्द्रीय समितिको बैठकमा संघीय परिषद अध्यक्षको रूपमा डा भट्टराईको भूमिकाले तर्सिएका अधिकांश केन्द्रीय सदस्यहरूले संघीय परिषद पार्टीभित्रको अर्को शक्ति केन्द्र बनाउने षडयन्त्र भएकोले त्यसलाई खारेज गर्नुपर्ने कुरा उठ्दा श्रेष्ठले मञ्चमा उभिएर उक्त परिषद खारेज गर्न नहुने कुरा राखे । लगतै उपेन्द्र यादवले अशोक राईलाई संघीय परिषद अध्यक्ष बनाउन प्रस्ताव गरे र सिंगो हलले समर्थन गरे । यसरी अशोक राई बने संघीय परिषदको अध्यक्ष ।
डा भट्टरईले अशोक राईलाई उपयोग गर्न खोजे, राजेन्द्र श्रेष्ठले संघीय परिषदकै अध्यक्ष बनाउन भूमिका खेले । पार्टीका एक वैचारिक आर्किटेक्टको रूपमा चिनिएका उनले केन्द्रीय समितिको वीरगञ्ज बैठकमा संगठनात्मक दृष्टीले कूशल व्यवस्थापकको रूपमा पनि चर्चा पाए । यो वीरगञ्ज बैठक सफलताको एउटा महत्त्वपूर्ण कडी हो ।
ताजा
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने
२०८३ जेष्ठ २८ गते, बिहीबार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३ जेष्ठ २८ गते, बिहीबार
‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार
२०८३ जेष्ठ २८ गते, बिहीबार
संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण
२०८३ जेष्ठ २८ गते, बिहीबार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवार
महावीर पुन मन्त्री बन्दै
२०८३ जेष्ठ २६ गते, मंगलवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





