पशुपतिमा भोलिदेखि अतिरुद्री महायज्ञ हुँदै

२०७९ श्रावण १ गते, आईतवार

काठमाडौं । आगामी साउनमा पशुपतिनाथ मन्दिर परिसरमा अभिषेकात्मकाति महायज्ञ सुरु हुँदैछ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर साउन २ देखि साउत १० गतेसम्म अतिरुद्री महायज्ञ हुने जानकारी दिईएको हो ।
महायज्ञ जगदगुरु श्रीरामानन्दाचार्य सेवा पीठ (श्रीराम तारकब्रह्म पीठ) र महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान, थिमि, भक्तपुरको आयोजनामा हुने जनाईएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै क्यानडाबाट आएका डा. गोबिन्द दाहालले आफू २५ वर्ष अगाडि सुखसयलको लागि विदेशिएको बताए । विभिन्न स्थान र कार्यालयमा काम गर्ने क्रममा आफुलाई टाउको दुख्ने रोग लागेको पनि उनले सुनाए । निरन्तर दुख्ने टाउकोको उपचारको क्रममा योग र ध्यानबारे जानकारी पाएको भन्दै उनले योग र ध्यानले नै १५ वर्षे लामो टाउको दुख्ने समस्या निको भएको दाबी गरे ।
उनले भने,‘नेपालमा आएर चिकित्सकहरुको सल्लाहनुसार योग र ध्यानबाट १५ वर्षसम्म दुखेको टाउको निको भयो ।’ ध्यानबाट नै सुख, समृद्धि र आनन्द प्राप्त गर्ने उनले सुनाए । गुरुले दिने ध्यानको ज्ञानले नै जीवन परिवर्तन हुने बताए ।
विदेशमा नभएर नेपालमा नै हाम्रो कला र संंस्कृतिमा नै सुख, शान्ति र समृद्धि पाइने बताए । उनले भने,‘सुख, शान्ति र समृद्धि खोज्न नेपाल आएका हौं । यो महायज्ञले नेपालीलाई मात्र नभएर विश्वलाई नै फाइदा हुन्छ ।’
वरिष्ठ प्रोफेसर डा.मेघनाथ पराजुलीले अध्यात्मिक बन्दा शान्ति पाइने बताए । आफु अमेरिकामा बसेपनि पुर्वीइ सभ्यताको बारेमा ज्ञान आर्जन गर्दै आएको सुनाए । अमेरिकामै पनि पूर्वीय सभ्यताको पछिल्लो समयमा निकै खोजी भइरहेको उनले सुनाए । जो जहाँ बसेपनि मानिसको अन्तिम लक्ष्य भनेकै आफ्नो देशको संस्कार र अध्यात्मिक चिन्तन रहेको उनको भनाई छ ।
उनले अध्यात्ममा भएको साधना, योग, प्रणामको ज्ञान र विज्ञानको ज्ञान मिसाएर अरुलाई प्रसार गर्न आफु अध्यात्मतिर लागेको सुनाए ।
अतिरुद्री महायज्ञमा जो कोही पनि आउनसक्ने उनको भनाई थियो । उनी गोरखामा जन्मिएका हुन् । उनी विगत ३२ वर्षदेखि अमेरिकामा बस्दै आएको जानकारी दिए । बौद्धिक, शैक्षिक र प्रोफेसनल विधामा ख्याती प्राप्त गरिसकेपछि आध्यात्मिक बनेको बताए । पुर्विय सभ्यताको उत्कृष्ट रहेको उनको भनाई थियो । अमेरिकामा पनि पुर्विय सभ्यताको पछिल्लो समयमा निकै खोजी भइरहेको जिकिर गरे ।

180 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal