पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन राष्ट्रिय प्रजातन्त्र पार्टीकाे सरकारसँग माग,

२०७९ असार ८ गते, बुधबार

काठमाडौँ पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारसँग माग गरेको छ । श्रृंखलाबद्ध रुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि अव्यवहारिक र आ,पत्तिजनक भन्दै राप्रपाले फिर्ता लिनका लागि सरकारसँग माग गरेको हो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार विज्ञप्ति जारी गर्दै उपभोक्तालाई मारमा पार्ने गरी भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् ।

‘श्रृंखलाबद्ध रूपमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा भइरहेको मूल्यवृद्धि अव्यवहारिक र आपत्तिजनक छ । सरकारको हचुवा, अदूरदर्शी कदमबाट आम उपभोक्ता नराम्रोसँग मारमा परिरहेको छ, राप्रपाको माग छ, राप्रपा पटक-पटक भइरहेको मूल्यवृद्धिको विरोध गर्दछ ।

साथै उपभोक्ताको हितविपरीत भएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन सरकारसँग माग गर्दछ ।’पेट्रोलियम पदार्थमा राज्यले लिइरहेको करमा पुनर्विचार गर्न पनि राप्रपाले माग गरेको छ । अध्यक्ष लिङ्देनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,

पेट्रोलियम पदार्थमा राज्यले भन्सार र विभिन्न शीर्षकमा लिइरहेको करको पुनर्विचार गरी मूल्य नियन्त्रण र विद्युत् उत्पादन, खपत र वैकल्पिक ऊर्जाको आवश्यक कार्ययोजना ल्याउन राप्रपा सरकारसँग माग गर्दछ ।’

सरकारले आइतबार साँझ पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो । जसअनुसार पेट्रोल लिटरको १ सय ८० रुपैयाँ पुगेको छ । ग्यासमा प्रतिसिलिन्डर २ सय रुपैयाँ बढाएर १८ सय पुर्‍याइएको छ ।

182 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal