बेहुली लिन साइकल चढेर गएपछि सबैजना गाउँले हेरेको हेरै भये।

२०७९ असार ८ गते, बुधबार

तनहुँको व्यास नगरपालिका वडा नं. १० वैरेनीमा दुलही लिन बेहुलाको साइकलको सवारी गरेको देखेर सबै चकित परेको छ । वैरेनीका २६ वर्षीय विनोद सापकोटा दुलही लिन साइकलमा निस्किदा सबै चकित परेका हुन् । पछिल्लो समय तडकभडक तरिकाले विवाह गर्ने

प्रचलन बढ्दै गरेको छ । विवाहमा बरियाँत जाँदा कसैले बग्गी सजावट सहित मंहगा गाडी लिएर जाने गर्दछन् । वैरेनीबाट ६ कि,मी दुरीमा रहेको दमौलीमा बेहुलीको घर छ ।सिंगार पटार गरेको बेहुलोलाई साइकलमा देखेपछि बाटोमा रमिता हेर्नेहरु पनि टन्नै देखिए केहीले त रोकेर सेल्फी पनि खिचे । बेहुलाको साथमा अरु ६ जना पनि साइकलमै थिए । अरु जन्ती बसमा । बेहुली लिन बेहुलो साइकलमा आएको देखेर माइती पक्ष दुलहीका अभिभावक दंग परे । बेहुलीका बा आमा एकछिन आश्चर्यमा परे पनि आफनो ज्वाइँको मितव्ययिता र सरलता देखेर खुसी भए । दुलहीका बुबा पूर्णबहादुर भुजेलले भने हेर्दा अनौठो मात्र हो, तर यस्तो कुराले धेरै सन्देश दिन्छ ।हामीले त ताली बजाएर स्वागत गर्‍यौं सबैले केही सिक्न जरुरी छ । सापकोटाले यसअघि ईलामदेखि मुगुको रारासम्म साइकलमै यात्रा गरेका थिए । नेपाल साइकल उत्सवको समयमा त्यो यात्रा गरेका उनी आफूलाई साइकल प्रेमी भन्छन् । म साइकल प्रेमी हुँ स्वास्थ्यलाई पनि राम्रो हुने ईन्धनको खर्च नहुने । सधैं साइकल चढ्ने मलाई बेहुला बन्दा पनि साइकलनै चढ्न मन लाग्यो । जसले अरुलाई केही न केही सन्देश दिन सकियो । 

183 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal