आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो ऐतिहासिक महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ । काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे शपथ ग्रहणको समय तय गरिएको रास्वपा सचिवालयले जनाएको छ।

चितवनमा असार ७ गतेदेखि सुरु भएको पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन निर्धारित तीन दिनमा सम्पन्न हुन नसकेपछि सहमतिको प्रयास गर्दागर्दै ६ दिनसम्म लम्बिएर असार १२ गते मात्र समापन भएको थियो । महाधिवेशनले पार्टी सभापतिमा रवि लामिछानेलाई सर्वसम्मत चयन गर्नुका साथै उपसभापतिद्वयमा डा. स्वर्णिम वाग्ले र सोभिता गौतम, महामन्त्रीमा विपिन कुमार आचार्य तथा सहमहामन्त्रीहरूमा हरि ढकाल, असिम शाह र निशा डाँगीसहित ७ जना प्रमुख पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित गरेको थियो।

संशोधित विधान अनुसार रास्वपाको १५० सदस्यीय केन्द्रीय कार्यसमितिमा महाधिवेशनबाट निर्वाचित ९९ जना रहने र बाँकी ५१ जना सदस्य भने निर्वाचित समितिको सिफारिसमा सभापतिद्वारा मनोनीत गरिने वैधानिक व्यवस्था छ। निर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ तथा पहिलो केन्द्रीय कमिटी बैठक सम्पन्न भएपछि मात्र मनोनीत प्रक्रिया अघि बढ्ने बताइएको छ । यसैबीच, निर्वाचन समितिले घोषणा गरेको ९९ जना केन्द्रीय सदस्यहरूको अन्तिम सूचीमा दुई जनाको नाम हेरफेर गरिएपछि पार्टीभित्र नयाँ विवाद सतहमा आएको छ। निर्वाचन परिणामको प्रारम्भिक सूचीमा परेका दुई जना उम्मेदवारको नाम पछि हटाएर नयाँ दुई जनालाई समेटिएको भन्दै असन्तुष्ट पक्षले नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाएका छन्।

77 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बिनाकसुर कसैलाई पनि पक्राउ नगर्न सरकारलाई नेपाल मानव अधिकार संगठनको अपील

२०८३ आश्विन १२ गते, सोमबार

बिनाकसुर कसैलाई पनि पक्राउ नगर्न सरकारलाई नेपाल मानव अधिकार संगठनको अपील

२०८३ आश्विन १२ गते, सोमबार

फेरि पक्राउ परे दुर्गा प्रसाईँ

२०८३ आश्विन १२ गते, सोमबार

पर्यटनः चुनौती, अवसर र दिगो यात्रा

२०८३ आश्विन १२ गते, सोमबार

छापा माध्यम सिध्याउने खेलमा मन्त्री विक्रम तिमिल्सिना

२०८३ आश्विन १२ गते, सोमबार

देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध

२०८३ आश्विन १२ गते, सोमबार

अविरल वर्षाका कारण ललितपुरमा ढल्यो साढे दुई तले घर

२०८३ आश्विन १२ गते, सोमबार

नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

२०८३ आश्विन १० गते, शनिबार

एकपल्ट पुग्नै पर्ने ठाउँ, काभ्रेको अनैकोट भ्यू टावर

२०८३ आश्विन १० गते, शनिबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal