परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै

२०८३ जेष्ठ ३१ गते, आईतवार

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन जाँदै छन् । चिनिया समकक्षी वाङ यीको निमन्त्रणामा मन्त्री खनाल बेइजिङ प्रस्थान गर्न लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नेछन् । वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी हितका विविध क्षेत्रमा सहकार्य विस्तार गर्ने तथा समसामयिक क्षेत्रीय विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ। साथै, मन्त्री खनालले चीनका अन्य उच्चस्तरीय सरकारी अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।

मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्द्धन गर्न आयोजना हुने इन्भेष्टमेन्ट कन्फरेन्समा समेत सहभागिता जनाउनेछन् । सो अवसरमा उनले चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गर्नेछन् ।

38 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न

२०८३ श्रावण १८ गते, सोमबार

गीति एल्बम ‘जागृति’ लोकार्पण

२०८३ श्रावण १८ गते, सोमबार

सिरानचोक गाउँपालिका पूर्व अध्यक्ष गुरुङलाई सम्मान

२०८३ श्रावण १८ गते, सोमबार

पुनः भक्तपुरबाट दुर्गा प्रसाईं पक्राउ

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौँ उपत्यकालगायत धेरै भूभागमा विहानैदेखि वर्षा

२०८३ श्रावण १८ गते, सोमबार

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा सवारी आवागमन बन्द

२०८३ श्रावण १८ गते, सोमबार

निर्मला पन्तदेखि सहकारी पीडितसम्म : राष्ट्रिय मुद्दामा आवाज उठाउँदै MDR Team

२०८३ श्रावण १७ गते, आईतवार

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal