१५ गते राजधानीमा थारु संस्कृतिको ‘घोंघी सांस्कृतिक साँझ २०८३’
काठमाडौँ । “हाम्रो संस्कृति, हाम्रो पहिचान, संस्कृतिको संरक्षण, हाम्रो अभियान” भन्ने मूल नारासहित राजधानीमा ‘घोंघी सांस्कृतिक साँझ २०८३’ आयोजना हुने भएको छ ।
थारु कला, संस्कृति र सङ्गीतलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यसहित घोंघी स्टेशन प्रा. लि. ले आगामी जेठ १५ गते काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम आयोजना गर्न लागेको हो ।
थारु समुदायको मौलिक संस्कृति, सङ्गीत र परम्परागत प्रस्तुतिलाई एउटै मञ्चमा उतार्ने लक्ष्य राखिएको यस कार्यक्रममा थारु साङ्गीतिक क्षेत्रका स्थापित तथा उदयमान कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा गायक तथा मोडल राज कुस्मी, गायक नरेश जोगी, गायिका तथा मोडल अन्जु कुस्मी, गायिका सोनु कुस्मी, गायक एवं सङ्गीतकार गणेश चौधरी, गायिका समीक्षा चौधरी, गायक विजय चौधरी र विकास चौधरीले आफ्ना चर्चित साङ्गीतिक प्रस्तुति दिनेछन् ।
त्यसैगरी, मोडलहरू रोनी चौधरी, दीपिका कुस्मी, सरोज सुनार, कविता चौधरी भट्टराई तथा डान्सर सुमिना चौधरीको नृत्य कार्यक्रमको अर्को आकर्षण बन्नेछ । गायक अनुप मगरले कार्यक्रमको उद्घोषणसँगै साङ्गीतिक प्रस्तुति पनि दिनेछन् ।
जेठ १५ गते दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने कार्यक्रमको ‘टाइटल स्पोन्सर’ मा ‘चौधरी दाइको’ रहेको छ भने ‘चौधरी सेकुवा’ प्रायोजकका रूपमा रहेको छ । कार्यक्रमलाई सफल बनाउन जीए म्युजिक र आर प्रोडक्सन एण्ड इन्टरटेनमेन्टले पनि सहकार्य गरिरहेका छन् ।
राजधानीको व्यस्त जीवनशैलीबीच आयोजना हुन लागेको यो सांस्कृतिक साँझ केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र होइन, थारु समुदायको पहिचान, परम्परा र सांस्कृतिक अस्तित्वलाई उजागर गर्ने साझा उत्सवका रूपमा हेरिएको छ ।
विशेष गरी काठमाडौँमा बसोबास गरिरहेका थारु समुदाय तथा नेपाली कला–संस्कृति प्रेमीहरूका लागि यो कार्यक्रम आफ्नै मौलिकताको नजिक पुग्ने अवसर बन्ने विश्वास आयोजक घोंघी स्टेसन प्रा। लि। ले लिएको छ । थारु खानपान र संस्कृतिको प्रवर्द्धनमा सक्रिय ‘घोंघी स्टेसन’ ले यस्ता सांस्कृतिक अभियानमार्फत समुदायलाई जोड्ने प्रयास गर्दै आएको छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





