सभामुखले पनि फकाउन सकेनन् प्रधानमन्त्रीलाई

२०८३ जेष्ठ १० गते, आईतवार

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले पनि प्रधानमन्त्री बालेन्द्र साहलाई फकाउन सकेका छैनन् ।
केही दिनअघि सभामुखले प्रधानमन्त्रीलाई भेटेर प्रतिनिधिसभाको बैठकमा आइदिन अनुरोध गरेका थिए । विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री खोज्दै निरन्तररुपमा बैठक अवरोध गर्न थालेपछि सभामुखले प्रधानमन्त्रीलाई भेटेका हुन् । विपक्षीहरुको मुख्य माग भनेकै प्रधानमन्त्रीको संसदमा उपस्थिति रहेको थियो । सरकारको नीति तथा कार्यक्रम सुन्दासुन्दै अचानक उठेर हिँडेका प्रधानमन्त्रीको त्यसपछि आलोचना सुरु भएको छ । सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन पनि प्रधानमन्त्री आएनन् । प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरुको प्रश्नको जवाफ दिए ।

प्रधानमन्त्री संसदप्रति जिम्मेवार नभएको भनेर आलोचना भइरहेको बेला प्रधानमन्त्रीले भनें फेसबुकमा स्टाटस लेख्दै आफू देश निर्माणमा लागिरहेको सन्देश दिएका छन् । उनले संसदमा हुने गरेका छलफलले देश नबन्ने पनि भनेका छन् । सभामुखसँगको भेटमा पनि प्रधानमन्त्रीले उपयुक्त समयमा संसदमा आउने र सांसदको प्रश्नको जवाफ दिने बताएका थिए । सभामुख अर्याल पनि प्रधानमन्त्रीकै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन् ।

64 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal