आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेसँगै प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न आज संवैधानिक परिषद्को बैठक बस्दैछ । परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री शाहले अपराह्न ५ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाएका छन् ।

बैठकमा सहभागी हुन सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुनमन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीमराज आङ्देम्बे र उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ ।

नयाँ अध्यादेश जारी भएसँगै छ सदस्यीय संवैधानिक परिषद्को बैठक बस्नका लागि गणपूरक संख्या चार जना मात्र भए पुग्ने व्यवस्था गरिएको छ। यस नयाँ प्रावधानले गर्दा परिषद्का तीन जना सदस्यको बहुमतका आधारमा पनि प्रधानमन्त्रीले निर्णय गराउन सक्ने कानुनी बाटो खुलेको छ ।

38 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

यसरी हुन्छ टेक्सास इन्टरनेशनल कलेजमा लुटको धन्दा

२०८३ असार ५ गते, शुक्रबार

यसरी हुन्छ टेक्सास इन्टरनेशनल कलेजमा लुटको धन्दा

२०८३ असार ५ गते, शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal