सर्वोच्चको आदेशपछि लेखापढी व्यवसायीलाई राहत, कार्यालयमा सहज रुपमा प्रवेश गर्न पाउने

२०८३ बैशाख २० गते, आईतवार

काठमाडौ, वैशाख २० । सर्वोच्च अदालतले लेखापढी व्यवसायीहरुलाई सहज रुपमा काम गर्नका लागि कार्यालय प्रवेशमा अवरोध नगर्न आदेश दिएको छ ।

नेपाल लेखापढी व्यवसायी एसोसिसएन भक्तपुर समितिको तर्फबाट रामशरण रानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । गत वैशाख ९ गते भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरको सूचनामा ‘सम्बन्धित सेवाग्राहीबाहेक अनाधिकृत व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध गरिएको भन्ने देखिन्छ । रिट निवेदकले उक्त सूचनाले सबै लेखापढी व्यवसायीलाई प्रवेशमा रोक लगाएकोले सोको कार्यान्वयन तत्काल रोकी पाउँ भनी अन्तरिम आदेश माग गरेका थिए । सर्वोच्चले निवेदकले माग गरेको विषयमा दुवै पक्षको छलफलबाट निर्णयमा पुग्नु उपयुक्त देखिने भन्दै वैशाख २५ गतेका लागि पेशी तोकिदिएको छ ।

सर्वोच्चले भनेको छ ‘छलफलबाट अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा निर्णय नभएसम्म नेपाल कानुन व्यवसायी परिषद्ले जारी गरेको लेखापढी व्यवसायीसम्बन्धी नियमावली, २०५१ बमोजिम लेखापढी व्यवसायीको प्रमाणपत्र प्राप्त गरी सो नियमावलीको अनुसूची ५ बमोजिमको पोशाक लगाएका लेखापढी व्यवसायीलाई मिति २०८३ । ०१ । ०९ मा भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरबाट प्रकाशित सूचना बमोजिम कार्यालय प्रवेशमा रोक नलगाउनु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२) (ख) बमोजिम यो अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ । आदेशको जानकारी विपक्षीहरुलाई दिनु ।’ यो आदेश वैशाख १६ गते भएको हो । यसअघि आधिकारिक लेखापढी व्यवसायीलाई पनि विभिन्न वहानामा कार्यालय प्रवेशमा रोक लगाइएपछि व्यवसायीहरु आन्दोलित भएका थिए ।

40 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal