जथाभाबी अभिव्यक्ति दिने र अनुसन्धान नगरी बोल्ने काम नगर्नुः लामिछाने

२०८२ चैत्र ४ गते, बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई संयमितता अपनाउन आग्रह गरेका छन् । बुधबार अभिमुखीकरण कार्यक्रममा पुगेर लामिछानेले आफ्नो क्षेत्रमा सांसदहरूलाई अब्बल हुन बताउँदै सरकार बनेको बेलुकाबाट ढाल्न विभिन्न शक्तिहरू परिचालित हुने बताए ।

‘सरकार बनेको बेलुकाबाट सरकार ढाल्न विभिन्न शक्तिहरू लाग्छन् यसमा तपाईँहरू सचेत हुनुपर्छ। यो सहिदहरूले रगत बगाएर आएको चुनाव हो। यसमा जथाभाबी अभिव्यक्ति दिने र अनुसन्धान नगरी बोल्ने काम नगर्नु ।’ लामिछानेले भने,’सञ्चारमाध्यममा बोल्न रमाइलो लाग्छ आफ्ना बारेमा समाचार आउँदा रमाइलो लाग्छ तर भोट दिएका जनताले तपाईंले के बोल्नुहुन्छ र के गर्नुहुन्छ ख्याल गरिरहनु भएको छ । आफूले दिएको अभिव्यक्तिले कुन क्षेत्रमा के प्रभाव पारेको छ त्यसलाई निर्क्योल गर्नुहोला। जिम्मेवार सांसद जिम्मेवार राजनीतिकर्मी र जिम्मेवार प्रतिनिधिसभाको सांसद भएको नाताले सबै कुराहरू ख्याल गर्नुहोस् ।’

70 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal