शव बोकेर गएको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङमा दुर्घटना, सबै यात्रु तथा पाइलट सकुशल

२०८२ चैत्र ४ गते, बुधबार

खोटाङ / खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा काठमाडौंबाट शव लिएर पुगेको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको हो । वडा नम्बर २ का एकजना स्थानीयको शव बोकेर पुगेको एयर डाइनेस्टीको हेलिकप्टर अवतरणपछि दुर्घटनामा परेको हो ।
उक्त हेलिकोप्टरमा चालकसहित ६ जना सवार थिए । प्रारम्भिक विवरणअनुसार सबै यात्रु तथा पाइलट सकुशल रहेको र कुनै मानवीय क्षतिको जानकारी प्राप्त नभएको कम्पनीले जनाएको छ।
उक्त हेलिकप्टरमा सवार यात्रु र शव निकालिसकेपछि दुर्घटनामा परेको हो । अस्थायी हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टर पल्टिएको हो । हेलिकप्टर टुक्रा टुक्रा भएको छ । पाइलट सकुशल छन् भने एकजनालाई सामान्य चोट लागेको छ ।
स्थानीयका अनुसार के कारणले यो दुर्घटना भएको केही खुलेको छैन । हेलिकप्टर पल्टिएपछि पाइलट त्यहाँबाट अन्यत्र गएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

81 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal