विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” आयोजना
काठमाडौ । जोरपाटीस्थित विद्या सागर इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा “Smart Parenting” विषयक विशेष अभिभावक सचेतना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। पीस ब्यांक्वेट जोरपाटीमा शनिबार आयोजित उक्त कार्यक्रममा झण्डै ६ सय भन्दा बढी अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको विद्यालयले जनाएको छ।

विद्यालयले अभिभावकहरूलाई बदलिँदो समयअनुसार सकारात्मक अभिभावकत्व, बालबालिकाको मानसिक विकास तथा जिम्मेवार मार्गदर्शन सम्बन्धी सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ। कार्यक्रममा विद्यालयका अभिभावकहरू मात्र नभई विभिन्न विद्यालय तथा स्थानीय समुदायका अभिभावकहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी अभिभावकहरूले यस्तो कार्यक्रमले आफूहरूलाई बालबालिकाको व्यवहार,मनोविज्ञान र भविष्यप्रति अझ सचेत र जिम्मेवार बन्न प्रेरणा दिएको प्रतिक्रिया दिएका थिए। कार्यक्रमका प्रमुख वक्ता,प्रसिद्ध काउन्सेलर तथा मोटिभेशनल स्पिकर अशोक दाहालले आजको डिजिटल युगमा अभिभावकहरूले बालबालिकालाई सही संस्कार, अनुशासन र सकारात्मक वातावरण प्रदान गर्नु अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले बालबालिकाको व्यक्तित्व विकास, आत्मविश्वास वृद्धि तथा सही जीवन मूल्यको निर्माणमा अभिभावकको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिनुभयो।
उहाँले बालबालिकालाई केवल शैक्षिक सफलतामात्र होइन, नैतिक मूल्य, अनुशासन र सकारात्मक सोचसहितको जीवनशैली सिकाउन अभिभावक र विद्यालयबीचको सहकार्य अनिवार्य रहेको धारणा राख्नुभयो।
विद्यालय व्यवस्थापनले यस्ता कार्यक्रमले विद्यालय, अभिभावक र समुदायबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा पनि विद्यार्थीहरूको समग्र विकासका लागि यस्ता शैक्षिक तथा सचेतनामूलक कार्यक्रमहरू निरन्तर आयोजना गरिने जनाएको छ।
ताजा
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबार
सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु
२०८३ जेष्ठ २९ गते, शुक्रबार
हाम्रा परम्परागत खानाको महत्व
२०८३ जेष्ठ २९ गते, शुक्रबार
फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





