एभरेस्ट भक्तपुर स्कुलद्वारा १६औँ ‘ओपन डे’ कार्यक्रम सम्पन्न

२०८२ चैत्र १ गते, आईतवार

भक्तपुर । एभरेस्ट भक्तपुर स्कुलले आफ्नो १६औँ ‘ओपन डे’ कार्यक्रम शनिबार सम्पन्न गरेको छ। भक्तपुर नगरपालिका–२ मिबाछेँस्थित विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयका संस्थापक–प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीले स्वागत मन्तव्यसहित विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमका सभाध्यक्ष भक्त राजभण्डारी तथा प्रमुख अतिथि भक्तपुर नगरपालिका उपमेयर रजनी जोशी रहनुभएको थियो भने विशेष अतिथिका रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य र एभरेस्ट जन्मदिन कोषका सद्भावनादूत डा. तोयानाथ खनालको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयले सञ्चालन गर्दै आएका शैक्षिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरूको बारेमा जानकारी दिइएको थियो। संस्थापक–प्रिन्सिपल राजभण्डारीका अनुसार वि।सं। २०६६ सालमा स्थापना गरिएको एभरेस्ट जन्मदिन कोष मार्फत हालसम्म देशका ३२ जिल्लाका ३५ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना तथा विस्तारका लागि सहयोग पुर्‍याइएको छ।

विद्यालयले विद्यार्थीहरूमा सकारात्मक मूल्य र संस्कार विकास गर्न बुद्ध पूर्णिमामा मुठीदान, दसैंमा जमरा राख्ने अभ्यास, कुकुर तिहार, म्हः पूजा, आमाको मुख हेर्ने तथा बुवाको मुख हेर्ने कार्यक्रम, हजुरबुवा–हजुरआमासँग नाति–नातिनी कार्यक्रम, कलर डे र जङ्गल पदयात्रा जस्ता गतिविधिहरू सञ्चालन गर्दै आएको जनाएको छ।

यसैगरी विद्यालयले काठमाडौँ विश्वविद्यालय, अर्ली चाइल्डहुड एजुकेशन सेन्टर, डिजी स्कुल, कर्खाना तथा न्यतपोल लगायत संस्थासँग सहकार्य गर्दै शिक्षक तथा अभिभावकका लागि विभिन्न तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइएको छ।

कार्यक्रममा प्लेग्रुपदेखि कक्षा ३ सम्म अध्ययनरत ४४१ जना विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति दिएका थिए। विद्यालयका अनुसार यस्ता कार्यक्रमले बालबालिकामा आत्मविश्वास, सिर्जनशीलता तथा प्रस्तुति क्षमताको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

85 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal