अब कुनै पनि हालतमा अन्य दलसँग विलय हुँदैनौँः कुलमान घिसिङ

२०८२ माघ १३ गते, मंगलवार

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी कुनै पनि हालतमा अन्य दलसँग विलय नहुने स्पष्ट पारेका छन् ।

उज्यालो नेपाल पार्टीको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले पार्टी गठन भएको तीन महिना पनि पूरा नहुँदै विभिन्न चुनौती सामना गर्नुपरेको बताए । उनले पार्टी १२ दिनसम्म ‘कोमा’मा पुगेको जस्तो अवस्था आएको उल्लेख गर्दै त्यसबाट पार्टीलाई क्षति पुगे पनि अहिले तन्दुरुस्त भएर अघि बढेको दाबी गरे ।

उनले भने, ‘उज्यालो नेपाल पार्टी गठन भएको तीन महिना पनि पूरा भएको छैन । तीन महिना पूरा हुँदै गर्दा हामी १२ दिन कोमामा पुग्यौँ । त्यसले धेरै घाटा भयो, तर अहिले हामी त्यही कोमाबाट तन्दुरुस्त भएर आएका छौँ । अब उज्यालो नेपाल पार्टी यो देशको नेतृत्व गर्न अगाडि बढ्छ ।’

अध्यक्ष घिसिङले पार्टीको चुनाव चिन्ह ‘बलिरहेको चिम’ रहेको उल्लेख गर्दै उक्त चिन्ह निरन्तर र अनन्तकालसम्म बलिरहने दाबी गरे । कार्यक्रममा उनले पार्टीको पहिचान र अस्तित्व जोगाउने विषयमा दृढ अडान व्यक्त गर्दै भने, ‘कुनै पनि सर्तमा उज्यालो नेपाल पार्टी कुनै पनि पार्टीसँग मिसिँदैन । पार्टीको नाम र चिन्ह कुनै पनि हालतमा विलय हुन दिइने छैन । अरू पार्टी उज्यालो नेपाल पार्टीमा मिसिन आउन सक्छन्, तर यो पार्टी कसैसँग मिसिन जाने छैन ।’

86 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal