पब्लिक डिबेटमा उत्रिन तयार छुः ओली

२०८२ माघ ११ गते, आईतवार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलका नेताहरूबीच हुने सार्वजनिक बहस (पब्लिक डिबेट) को अवधारणालाई सकारात्मक भन्दै आफू त्यसमा सहभागी हुन तयार रहेको घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले देश बनाउने र देश बिगार्ने पक्षबीचको भिन्नता छुट्ट्याउन यस्तो बहस प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।

अध्यक्ष ओलीले वर्तमान चुनावी परिवेशमा नयाँ र पुराना सबै दलहरू मैदानमा उत्रिएको उल्लेख गर्दै मतदातालाई भ्रममा पार्ने प्रचार शैलीको आलोचना गरेका छन्।

“फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका सामग्रीमार्फत वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएको छ,” उनले भने, “त्यसैले सार्वजनिक बौद्धिक वृत्तबाट भइरहेको पारदर्शी बहसको माग निकै सान्दर्भिक छ।”

आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर मैदानमा आएका दलहरूलाई लक्षित गर्दै ओलीले सबैलाई एउटै मञ्चमा उभिन आग्रह गरेका छन्।

उनले भनेका छन्, “देशको नेतृत्व गर्न खोज्ने दलहरूको एजेण्डा के छ, विगतमा के गरे र भविष्यको मार्गचित्र कस्तो छ भन्नेबारे आमने सामने बहस हुन जरुरी छ।”

अध्यक्ष ओलीले आफू तथ्यका आधारमा आफ्ना काम र भावी योजना प्रस्तुत गर्न प्रतिबद्ध रहेको बताउँदै यस्तो डिबेट आयोजना गर्न सरोकारवालाहरूलाई आह्वान समेत गरेका छन्।

उनले चुनावपछि प्रधानमन्त्री बन्ने आकांक्षा राखेका सबै नेताहरूलाई एउटै मञ्चमा उभिएर जनताका प्रश्नको सामना गर्न चुनौती दिएका छन्।

70 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal