वार्तामा आउन गगन–विश्वलाई शेखरको आग्रह

२०८२ पुष २८ गते, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाशलाई वार्तामा आउन निमन्त्रणा पठाएका छन् । कोइरालाले विशेष महाधिवेशनमै रहेका नेता सुनील शर्मामार्फत महामन्त्रीद्वयलाई वार्ताका लागि आग्रह गरेका हुन् ।

उनले विशेष महाधिवेशनमा पार्टी नफुट्ने सुनिश्चितता गरे पार्टीलाई विशेष महाधिवेशनको अपनत्वका लागि आफूले दबाब दिने बताएको नेत्री सरिता प्रसाईंले जानकारी दिइन् ।

शेखरको भनाइ उद्धृत गर्दै प्रसाईंले भनिन्, “टिमका पदाधिकारीहरूसहित सबैको धारणा सुनेपछि उहाँले तपाईंहरूको आशय मैले बुझेँ, महामन्त्रीजीहरूले विशेष महाधिवेशनको लक्ष्यसहित स्पष्ट धारणा राखेपछि फुटमा जान नदिन म सभापतिसँग वार्तासहित दबाब दिन सकिने भन्नुभएको छ ।”

यसका लागि महामन्त्रीहरूले नै सहजीकरण गरी आश्वस्त बनाउने आधार दिनुपर्ने उनको भनाइ छ । उनले सभापतिसहितलाई लैजाने अवस्था निर्माण गरेपछि कोइराला पनि विशेष महाधिवेशनमा पुगेर टुंग्याउने बताइन् ।

95 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal