रसिकको बालकथा कृति “बेलबहादुरसँग बिहे” तेस्रो संस्करण सार्वजनिक
काठमाडौं । साहित्यकार जितेन्द्र रसिकको बालकथा कृती “बेलबहादुरको बिहे“ तेस्रो संस्करण आईतवार सार्वजनिक गरिएको छ । कथा कृति एजुकेश्नल पब्लिसिङ हाउसका बिक्री अधिकृतहरू भजन राउत,शिवराम श्रेष्ठ,गजेन्द्र ङाखुसी रमण राउत लगायतले एजुकेश्नल पब्लिसिङ हाउसले आईतवार लोकार्पण गरेको हो । लोकार्पणसँगै काठमाडौको जमलस्थित बिक्री कक्षबाट थोक तथा खुद्रा बिक्री थालिएको हो ।नेवाः संस्कृति र संस्कार “इहि“ भित्र रहेको जीवन विज्ञान समेटिएको उक्त कृतिमा नेवाः समुदायका बालिकाहरूको इहि गर्दा प्रयोग हुने मुख्य फल बेललाई कथाको नायकको रूपमा प्रस्तुत गरिएको कथाकार जितेन्द्र रसिकले बताउनु भयो ।
नेवारी परम्परा अनुसार “इहि“ गरिने समय बालिकाले दुलाहाका प्रतीक बेलका बारे जनाएको कौतुहलता बाट सुरु हुने यो कथाको रोचक प्रस्तुतिले बालबालिकाहरूलाई भरपुर मनोरञ्जनका साथै दिने प्रकाशकले जनाएको छ । “इहि“ परम्परामा अमूर्त रूपमा रहेका जीवनविज्ञानको समेत कृतिले पाठकलाई ज्ञान दिलाउन सक्षम रहेको प्रकाशकको दावी छ । कथामा नेवारी परम्परा अनुसार कथाबाटै‘इहि’ गर्ने विधि समेत संवादात्मक शैलीको प्रस्तुतिले कथा पढ्ने पाठकलाई चलचित्र हेरेजस्तै अनुभूति दिलाउने एजुकेश्नल पब्लिसिङ हाउसका सञ्चालक अञ्जन श्रेष्ठको भनाई छ । नेवाः संस्कारमा आधारित कथा कृति “बेलबहादुरसँग बिहे“ को लोकप्रियतासँगै माग बढेकाले तेस्रो संस्करण प्रकाशन हुन सम्भव भएको एजुकेश्नल बुक हाउसका भजन राउतले बताउनु भयो ।कथामा स्व.एक्कारामसिंको चित्र रहेको छ । उक्त कृतिको मूल्य २४५÷– रुपैयाँ रहेको छ । साहित्यकार रसिकका ८ बालसाहित्यका कृति र अन्य विधाका १० कृति सहित १८ कृति प्रकाशित छन् । केही महिना भित्रै फरक प्रकाशन गृहबाट लेखक रसिकले बाल उपन्यास बजारमा ल्याउँदैछन् ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





