सरकारले सरुवा आतंक मच्चाएको भन्दै नेपाल निजामती कर्मचारी संगठन असन्तुष्ट

२०८२ पुष २४ गते, बिहीबार

काठमाडौं । नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनले सरकारे सरुवा आतंक मच्चाएको भन्दै असन्तुष्टि जनाएको छ । संगठनले पटकपटक बिनाकारण सरुवा गर्दा कर्मचारीमा मानसिक रुपमा दवाव सिर्जना भएको जनाएको छ ।

संगठनको पौष १९ र २० गते बसेको केन्द्रीय कार्यसमितिको तेस्रो बैठकका बारे पत्रकार सम्मेलन गर्दै संगठनले यो जानकारी दिएको हो । सार्वजनिक प्रशासनमा महिलाको पहुँच बढाउन आगामी वैशाखमा राष्ट्रिय महिला भेला गर्ने निर्णय गरेको छ । संगठनले प्रकाशित गरेको विज्ञप्तीमा ‘सांगठनिक सुदृढीकरण तथा आन्तरिक जीवन सम्बन्धमा’ मा भनिएको छ ‘ सार्वजनिक प्रशासनमा महिलाहरुको पहुँच बढाउन, कार्यस्थलमा हुने भेदभावको अन्त्य, नेतृत्व विकास, समस्या, भावी लक्ष्यसहितको विविध पक्षहरुम छलफल गर्न मिति २०८३ वैशाखमा राष्ट्रिय महिला भेलाको आयोजना गर्ने ।’ संगठनले संगठनको आन्तरिक जीवनलाई क्रियाशील र प्रभावकारी बनाउँदै नवप्रवेशी कर्मचारीहरुलाई संगठनप्रति आकर्षण बढाउन आगामी फाल्गुणमा ‘युवा तथा अध्यक्ष’ हरुको भेला पनि गर्ने निर्णय गरेको छ । संगठनले पहिलोपटक युवा विभाग गठन गरेको संगठनकी अध्यक्ष भवानी दाहाल न्यौपानेले बताइन् । संगठनले आफूहरु जनताको काममा निरन्तर लाग्दै आएको भए पनि सरकारले आफ्नो कामको मूल्यांकन नगरेको पनि गुनासो गरेको छ । संगठनले समसामयिक राजनीति गतिविधिका साथै संगठनका भावी योजना पनि सार्वजनिक गरेको छ । संगठनका सचिव तथा प्रचारप्रसार तथा सूचना प्रविधि विभाग प्रमुख तेजप्रकाश ९टिपी० भण्डारीले संचालन गरेको कार्यक्रममा अध्यक्ष भवानी दाहाल न्यौपानेले पत्रकारका प्रश्नको जवाफ दिएकी थिइन् । भण्डारीले संगठनले पछिल्लो समयमा गति लिँदै गरेको बताए । ‘हामी आफ्नो जिम्मेवारी वहन गर्दै संगठनको काममा पनि लागेका छौं, कर्मचारीले राजनीतिमात्रै गर्छन् भन्ने आरोप तोड्न संगठनले धेरै सामाजिक काम गरिरहेको प्रमाण पनि पेश गर्न सक्छौं’ सचिव भण्डारीले भने ‘सरकारले दिएको अधिकार प्रयोग गरेर संगठन गर्ने हो, सरकारको काममा कुनै अवरोध गरेको भए वा त्यस्तै अरु क्षति पुग्ने काम हामीबाट भएको भएमात्रै प्रश्न उठाउन मिल्छ नभए अनुमानका भरमा कसैलाई पनि कुनै आरोप लगाउनु हुँदैन ।’

बैठकमा संगठनका महासचिव रामचन्द्र अधिकारीले सांगठनिक र कोषाध्यक्ष यामकुमारी सापकोटाले पेश गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो । बैठकमा नेपाल सरकारका पूर्वसचिव कृष्णहरि बास्कोटाले सार्वजनिक प्रशासनमा सेवा प्रवाह, पारदर्शिता, जवाफदेहीता र प्रभावकारिताको सम्बन्धमा प्रशिक्षण दिएका थिए । संगठनले सदस्यता बिस्तार गर्ने विशेष अभियान पनि संचालन गरिरहेको छ । संगठनले सरकारसमक्ष विभिन्न माग राखेको छ । राष्ट्रियस्तरका ट्रेड युनियनले दिएका साझा सुझावसहित स्वास्थ्य सेवा र संसद सेवालाई निजामती सेवामा समावेश गरी संघीय निजामती सेवा ऐन जारी जारी गर्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीलाई निजामती सेवाको परिभाषामा समेटी प्रदेश तथा स्थानीय तहका ऐन तथा कानुनहरुको एकरुपता कायम गर्नुपर्ने,।कुनै पनि पदमा लगातार पाँच वर्ष सेवा गरेको कर्मचारीलाई एक तह र १० वर्ष सेवा गरेको कर्मचारीलाई एक श्रेणी बढुवा गरी तह मिलान गर्नुपर्ने, अन्तरतह, अन्तरप्रदेश, अन्तर स्थानीय तह सरुवाको व्यवस्थासहित वैज्ञानिक, चक्रीय र पूर्वानुमान योग्य सरुवा व्यवस्था गर्नुपर्नेलगायतका माग संगठनले राखेको छ ।

संगठनले सरकारका हरेक गतिविधिमा आफ्नो सक्रिय सहभागिता रहने र सरकारलाई सहयोग गर्ने जनाएको छ । आगामी निर्वाचन सफल बनाउन संगठन लाग्ने भन्दै अध्यक्ष न्यौपानेले निर्वाचनमा खटिने कर्मचारीको सुरक्षा सरकारले गर्नुपर्ने बताइन् । न्यौपानेको नेतृत्वमा यो कार्यसमिति आएको झण्डै ११ महिना भएको छ । अध्यक्ष न्यौपानेले अहिलेसम्म संगठनले गरेको कामको बारेमा पनि व्याख्या गरेकी थिइन् । संगठनले सार्वजनिक सेवा प्रवाहमा पनि जोड दिएको छ । उसले ‘मुस्कानसहितको सेवा’ आफ्नो प्रमुख उद्येश्य भएको बताएको छ । अध्यक्ष न्यौपानेले कर्मचारीले होटलको जस्तो सेवा दिने भनेर संगठनले विज्ञप्तीमा उल्लेख गरेको कुरालाई यसरी व्याख्या गरिन् ‘यो भनेको जसरी होटलले परैबाट सेवाग्राहीलाई नमस्ते गरेर ल्याउँछ र राख्छ, हामीले पनि सेवाग्राहीलाई त्यसै गरेर सेवा दिने हो ।’ संगठनले हरेक जिल्लामा कर्मचारी आवासगृहको पनि माग गरेको छ ।

87 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal