संयुक्त चुनाव चिन्ह ‘बस’ लिएर तीन दलका अध्यक्ष एकै मञ्चमा
काठमाडौं । लुम्बिनी प्रदेशमा बहुजन, पिछडा, मुस्लिम तथा आदिवासी जनजाति समुदायको एकता सुदृढ गर्ने उद्देश्यसहित तीन राजनीतिक दलका शीर्ष नेताहरू संयुक्त रूपमा चुनावी अभियानमा सक्रिय भएका छन्।
नेपाल सङ्घीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री रिजवान अन्सारी, बहुजन एकता पार्टीका राष्ट्रिय अध्यक्ष हरिनन्दन अम्बेडकर र तथा नेपाल जनजागृति पार्टीका अध्यक्ष डा। ध्रुवलाल निषादले संयुक्त चुनाव चिन्ह ‘बस’ को प्रचारप्रसार गर्दै राष्ट्रिय स्तरमै एकताको स्पष्ट सन्देश दिएका छन्।
लुम्बिनी प्रदेश अन्तर्गत नवलपरासी जिल्ला, परासी मा आयोजित कार्यक्रममा तीनै पार्टीका अध्यक्षहरू एकै ठाउँमा उपस्थित भई निषाद, पिछडा वर्ग, मुस्लिम समुदाय, आदिवासी जनजाति, आर्थिक रूपमा पछि परेका तथा सबै उत्पीडित समुदायलाई एउटै राजनीतिक धारमा एकजुट गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साझा चुनाव चिन्हमार्फत साझा एजेन्डा र साझा संघर्ष अघि बढाउने यो पहललाई सहभागीहरूले ऐतिहासिक कदमको रूपमा मूल्याङ्कन गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारीले भने, “हामी छुट्टाछुट्टै हुँदा कमजोर भयौं, आज एकै ठाउँ उभिँदा हाम्रो शक्ति प्रस्ट देखिएको छ। बस चुनाव चिन्ह केवल चिन्ह मात्र होइन, यो बहुजन, पिछडा, आर्थिक रूपमा पछि परिएका ,मुस्लिम र आदिवासी जनजाति समुदायको साझा सपना र संघर्षको प्रतीक हो।
देशभरका उत्पीडित समुदायलाई एकताबद्ध गरेर न्याय, अधिकार र सम्मानको लडाइँलाई निर्णायक मोडमा पु¥याउने हाम्रो दृढ संकल्प छ।”
उनले थप्दै भने, “कि यो एकता कुनै स्वार्थका लागि होइन, सामाजिक न्याय, समावेशी राज्य व्यवस्था र समान नागरिक अधिकार सुनिश्चित गर्नका लागि गरिएको हो। “अब उत्पीडित समुदायले आफैं आफ्नो प्रतिनिधित्व गर्ने समय आएको छ ।”
त्यसैगरी, बहुजन एकता पार्टी नेपालका अध्यक्ष हरिनन्दन अम्बेडकरले बहुजन आन्दोलनको ऐतिहासिक आवश्यकतामाथि जोड दिँदै भने, “बहुजन समाजलाई सधैं विभाजन गरेर कमजोर बनाइयो। आज हामी त्यो इतिहास तोड्दैछौं। यो एकता कुनै व्यक्तिका लागि होइन, पुस्तौंदेखि शोषित समुदायको मुक्ति र न्यायका लागि हो।”
नेपाल जनजागृति पार्टीका अध्यक्ष डा। ध्रुवलाल निषादले यो अभियान सामाजिक जागरणसँग जोडिएको बताउँदै भने, “राजनीतिक सत्ता परिवर्तन मात्र होइन, चेतनाको परिवर्तन हाम्रो लक्ष्य हो। निषाद, आदिवासी, पिछडा र श्रमिक समुदायलाई एकताबद्ध नगरी समावेशी लोकतन्त्र सम्भव छैन।”
संयुक्त नेतृत्व, एकै चुनाव चिन्ह र साझा राजनीतिक दृष्टिकोणसहित अघि बढिरहेको यो अभियानले राष्ट्रिय राजनीतिमा नयाँ सम्भावना र बहुजन आन्दोलनमा नयाँ ऊर्जा थपेको विश्लेषकहरूको मत छ ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





