मन्त्री घिसिङद्वारा दौलतपुर–टीकापुर जोड्ने झोलुङ्गे पुलको शिलान्यास

२०८२ पुष ३ गते, बिहीबार

राजापुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले हिजो बुधबार बर्दियाको राजापुर नगरपालिका–१, दौलतपुर र कैलालीको टीकापुर पार्क जोड्ने कर्णाली नदीमा निर्माण हुने ’मल्टिस्पान’ झोलुङ्गे पुलको शिलान्यास गर्नुभएको छ ।

शहरी विकास मन्त्रालय अन्तर्गतको सस्पेन्स बृज डिभिजनमार्फत भ्याटसहित १५ करोड ७४ लाख रुपैयाँ लागतमा निर्माण हुने यस पुलको लम्बाइ ४८२.२० मिटर र चौडाइ १.६० मिटर रहनेछ। सम्झौता बमोजिम २०८४ असार ११ गतेभित्र निर्माण सम्पन्न हुने यस पुलको मध्य भागमा पर्यटकीय आकर्षणका लागि तस्बिर खिच्न मिल्ने विशेष संरचना समेत बनाइनेछ ।

शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले टापुको रूपमा रहेका राजापुर र टीकापुरलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न र जोखिमपूर्ण जलयात्रा हटाउन यो पुलले महत्त्वपूर्ण योगदान दिने बताउनुभयो। उहाँले पुल निर्माणपछि दौलतपुरतर्फका स्थानीयलाई टीकापुरका क्याम्पस र अस्पतालसम्मको पहुँच सहज हुने तथा कृषि उत्पादन ढुवानीमा सहजता आउने उल्लेख गर्दै तोकिएकै समयमा काम सक्न निर्माण पक्षलाई निर्देशन दिनुभयो ।

पुल शिलान्यास अघि मन्त्री घिसिङले ऐतिहासिक क्षेत्र राजापुरमा सिँचाइ सुविधाको उचित व्यवस्थापनका सम्बन्धमा कुलापानी चौधरी तथा सरोकारवालाहरूसँग छलफल गर्नुभएको थियो। सो क्रममा उहाँले भौरा क्षेत्रको समग्र विकास, सिँचाइको आधुनिकीकरण र नदी कटान नियन्त्रणका लागि केन्द्र सरकार गम्भीर रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले पुल निर्माणले यस क्षेत्रको आर्थिक, सामाजिक र शैक्षिक विकासको आधार तय गर्ने बताउनुभयो भने राजापुर नगरपालिकाका प्रमुख दिपेश थारु र टीकापुर नगरपालिकाका प्रमुख रामलाल दगौरा थारुले यो पुलले लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई जोड्दै दुई जिल्लाबीचको सम्बन्ध र पर्यटनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो। यसबाट हाल डुङ्गाको भरमा जोखिमपूर्ण यात्रा गरिरहेका करिब २ हजार घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् ।
आफ्नो भ्रमणको सिलसिलामा मन्त्री घिसिङले बर्दियाका अन्य महत्वपूर्ण पूर्वाधारहरूको समेत स्थलगत निरीक्षण गर्नुभएको छ । उहाँले लामो समयदेखि समस्याको रूपमा रहेको जब्दीघाटको भत्किएको पुल, सत्तिघाट पुल, दलाई घाट तटबन्ध, कर्णाली नदीले कटान गरिरहेको टिहुनी क्षेत्र, ओखरिया इन्टेक र राजापुर सिँचाइ आयोजनाको अवस्थाबारे जानकारी लिनुभएको थियो। यस्तै, ठाकुरद्वारामा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको अन्तरक्रियामा सहभागी भई उहाँले वन्यजन्तु र मानव बीचको द्वन्द्व समाधानका उपायबारे छलफल गर्नुभयो ।

102 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal