पूर्व प्रधानमन्त्री वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन
भक्तपुर । वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दको १०१ विभिन्न साहित्यिक सामाजिक संस्थाहरूले भक्तपुर लोकन्थली थिमी चन्दनिवासमा सामूहिक अभिनन्दन गरेका छन् ।
साहित्यिक पत्रकार संघ मूल आयोजक र सहआयोजक तारा किशन फाउण्डेसन, र नेपाल स्रष्टा समाज रहेको अभिनन्दन समारोहमा राधेश्याम लेकाली, सह आयोजक श्रीओम श्रेष्ठ , किशन सिंह धामी र समालोचक प्रमोद प्रधान मञ्चासीन थिए ।
अभिनन्दन मूल समारोहका अध्यक्ष एवं कार्यक्रमका राधेश्याम लेकालीले स्वागत गरेका थिए । सुदूरपश्चिम बैतडीको स्थानीय कलाकारहरू लोक नृत्य छलिया ,बाजागाजासहित सामूहिक अभिनन्दनमा सहभागी भएका थिए ।
सभालाई स्वागत गर्दै लेकालीले “मदन पुरस्कार प्राप्त विशिष्ट सर्जक लोकेन्द्रबहादुर चन्दलाई राजनीतिज्ञभन्दा पनि वरिष्ठ सर्जकलाई जिउँदै सम्मान गर्न थालिएको हो। यस अगाडि वरिष्ठ कलाकार साहित्यिक पत्रकार संघका पूर्व नरेन्द्रबहादुर श्रेष्ठ, कथाकार पद्मावती सिंह, वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे ,साहित्यिकपत्रकार नगेन्द्रराज शर्मा लगायतका सर्जकलाई सामूहिक गरिसकेको छ। यो तारा किशन फाउन्डेसनले पूरा सहयोग गरेको छ।”
वरिष्ठ समालोचक प्रमोद प्रधानले अभिनन्दित व्यक्तित्व सर्जक लोकेन्द्रबहादुर चन्दको साहित्यिक व्यक्तित्व र कृतित्वबारे प्रकाश पारेका थिए । साहित्यकार श्रीओम श्रेष्ठले अभिनन्दन पत्रमा वाचन गरेका थिए ।
कुनै पनि देश र जातिको मूल पहिचान भन्नु नै त्यस देशको भाषा, साहित्य, कला र संस्कृति तथा मौलिक परम्परा हुन् । यस कुरालाई मनन गर्दै यसैको जगमा उभिएर आख्यान र निबन्ध सिर्जनाका माध्यमबाट नेपाली समाजको रुपान्तरणमा विशिष्ट योगदान गर्दै आएका बहुआयामिक व्यक्तित्व वरिष्ठ सर्जक लोकेन्द्रबहादुर चन्दलाई विशेष समारोहमा प्रदान गरिएको – अभिनन्दनपत्रमा लेखिएको छ(
“लामो राजनीतिक यात्रामा आफ्नो विशेष पहिचान र योगदान स्थापनाका साथै स्वच्छ र शालीन छवि बनाउन सफल तपाईंले आफ्ना रचना र सिर्जनाका माध्यमबाट नेपाल र नेपाली जनताको हितमा अविचल र अचल रूपमा उभिएर आफ्नो छ दशक लामो सिर्जनयात्रा पूरा गर्नुभएको छ ।
यस समयमा कथा, उपन्यास र हास्यव्यङ्ग्य निबन्ध सिर्जनाका माध्यमबाट नेपाल र नेपाली समाजलाई पुऱ्याउनुभएको योगदान अविस्मरणीय र महत्त्वपूर्ण रहेको छ ।
यसरी सिर्जना र समाजसेवाका माध्यमबाट यथेष्ठ योगदान पुयाउँदै आउनुभएका तपाईंलाई हामी निम्न संस्थाहरुका तर्फबाट सामूहिक रूपमा हार्दिक अभिनन्दन गर्दछौं।
तपाईंको व्यक्तित्व र कृतित्व सधैं प्रकाशमान भई रहोस् । विभिन्न संस्थामा आबद्ध हामी सबैजना यस विशिष्ट घडीमा तपाईं र तपाईंको परिवारको उत्तरोत्तर प्रगति एवम् सिर्जनशील जीवनका निमित्त हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





