डा. निराकारमान श्रेष्ठको “सङ्घर्षदेखि सफलता” सार्वजनिक
काठमाडौं । वरिष्ठ मनोचिकित्सक तथा नेपाल सरकारका पूर्व स्वास्थ्य सचिव डा. निराकारमान श्रेष्ठको पुस्तक सङ्घर्षबाट सफलता – जीवनका अनुभव र अनुभूतिहरु सार्वजनिक भएको छ ।
४२ बर्षदेखि मानसिक स्वास्थ्य क्षेत्रसहित ५२ बर्षदेखि चिकित्सा क्षेत्रमा सक्रिय डा. श्रेष्ठले आफ्नो बाल्यकालदेखि हालसम्मको जीवनका उतारचढाव समेटेर आफ्नो आत्मकथा पुस्तकमा उतार्नुभएको हो ।
पुस्तक लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ बालरोग तथा जनस्वास्थ्य विशेषज्ञ डा. बद्रीराज पाण्डेले प्रकाशित पुस्तकले नयाँ पुस्तालाई मार्गदर्शन गर्ने उल्लेख गर्नुभयो । पुस्तकको समालोचना गर्नुभएका संसद सचिवालयका पूर्व सह–सचिव तोयानाथ भट्टराईले आत्मकथा इमान्दारीताका साथ लेखिएकोमा प्रशंसा गर्नुहुँदै पुस्तक ब्यक्तिको भइकन पनि नेपालकै स्वास्थ्य क्षेत्रको विकासक्रमको प्रतिविम्व झल्किने उल्लेख गनुृभयो ।
कार्यक्रममा अतिथिहरु खाद्य प्रविधि विशेषज्ञ, पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकूलपति प्रा. जगतबहादुर के.सी।, नेपाल सरकारका पूर्व स्वास्थ्य सचिव रामचन्द्र मान सिँह, पुस्तकका सम्पादक लक्ष्मण अधिकारीले शुभकामना मन्तब्य राख्नुभएको हो । लेखक डा। श्रेष्ठका छोरा सन्तोषमान श्रेष्ठले स्वागत गर्नुभएको समारोहमा पुस्तक लोकर्पण प्रमुख अतिथि तथा अतिथिहरुले गर्नुभएको हो ।
कार्यक्रमको आयोजना एवं पुस्तकको प्रकाशन लेखक डा। श्रेष्ठकी श्रीमती शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्व निर्देशक डा। कोकिला श्रेष्ठले गर्नुभएको हो । भाषा शुद्धी रोहिणी प्रसाद घिमिरेले गर्नुभएको यो पुस्तकको लोकार्पण कार्यक्रम निर्माण तथा सञ्चालन संचारकर्मी सुरजवीर बज्राचार्यले गर्नुभएको हो ।
नेपाल सरकारको स्वास्थ्य सेवामा निरन्तर ३६ बर्ष सेवा गर्नु भएका डा। श्रेष्ठले “आफ्नो मूल थातथलो, बाल्यकाल, ऊ बेलाको समाज, कलेज जीवन, डाक्टर बन्न लखनऊतिर, सरकारी जागीर, धनकुटाको संस्मरण, दाङ अस्पताल, भक्तपुर गएपछि विद्रोह, नसोचेको कार्यालयमा दुई बर्ष, जोमसोम पुगेर टेकु, अचानक साइकियाट्रीतिर, मानसिक स्वास्थ्य सेवा, लण्डनमा थप अध्ययन, स्वास्थ्य मन्त्रालयको अनुभव, विदेश भ्रमणका स्मरणीय क्षम, केही महत्वपूर्ण अनुभव, उपचारमा विद्यमान समस्या, मानसिक स्वास्थ्य सेवा सुदृढ गर्ने उपाय, आफूले अनुभव गरेका केही स्वास्थ्य समस्या, जीवनका तीन खतरनाक दुर्घटना, नीजि तथा पारिवारिक सन्दर्भ, जनचेतनासम्बन्धी लेखहरु, साहित्यिक सिर्जना, मेरो वंशावली” शीर्षक तथा उपशीर्षकमा आफ्ना जीवनका भोगाईहरु लिपिवद्ध गर्नुभएको छ ।
४०० पृष्ठको यस पुस्तक लेखक डा। श्रेष्ठका यसअघि १० वटा मानसिक स्वास्थ्य सम्बन्धी पुस्तकहरु प्रकाशित भइसकेको छन् भने मानसिक स्वास्थ्य सम्बन्धी लेख रचनाहरु पनि विभिन्न पत्रपत्रिकाहरुमा नियमित प्रकाशन हुँदै आएका छन् । हाल आफ्नै नीजि क्लिनिकमार्फत स्वास्थ्य सेवा दिइरहनु भएका डा। श्रेष्ठ मानसिक स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउने ब्यक्तिका रुपमा चिनिनु हुन्छ ।
ताजा
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट
२०८३ श्रावण ४ गते, सोमबार
अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण २ गते, शनिबार
डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते
२०८३ श्रावण २ गते, शनिबार
कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन
२०८३ श्रावण २ गते, शनिबार
सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने
२०८३ असार ३२ गते, बिहीबार
नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण
२०८३ असार ३२ गते, बिहीबार
ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो
२०८३ असार ३२ गते, बिहीबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





