कात्तिक १४ गते प्रदर्शनमा आउँदै ‘परान’

२०८२ आश्विन २७ गते, सोमबार

काठमाडौं । कात्तिक १४ गते ‘परान’ प्रदर्शनमा आउने भएको छ । फिल्मका मुख्य अभिनेता नीर शाहको जन्मदिनको अवसरमा आइतबार टिजर सार्वजनिक गरिएको हो ।

कवि नवराज पराजुलीको लेखन र कविता वाचन समावेश टिजरमा बाबु–छोराबीचको आशा, भरोसा, माया, र जिम्मेवारीको भाव प्रस्तुत गरिएको छ । कविताको माध्यमबाट जीवनको उत्तरार्धमा रहेका एक बाबुले छोरासँग जीवनको अन्त्यसम्म साथ पाइयोस् भन्ने आशा व्यक्त गरेका छन् । टिजरमा नीर शाह गम्भीर मुद्रामा देखिएका छन् ।

‘सासले हैन, साथले चल्ने’ ट्यागलाइन राखिएको यो फिल्मलाई दीपक प्रसाद आचार्य ‘काकु’ले निर्देशन गरेका हुन् । उनको यो पहिलो निर्देशकीय फिल्म हो । देशको प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारी रहेको फिल्मका निर्माताहरू शेखर गोल्छा र रञ्जित आचार्य हुन् । उद्योगपछि शेखरले यही फिल्मबाट निर्माणमा हात हालेका हुन् ।

निर्देशक आचार्यको कथा तथा यम थापाको पटकथा तथा संवाद रहेको फिल्ममा नीर शाहसहित मदनकृष्ण श्रेष्ठ, नीर शाह, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ लगायतले पनि अभिनय गरेका छन् ।

125 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal