शंकर पोखरेललाई उषाकिरणले फर्काइन् यस्तो जवाफ

२०८२ भाद्र २७ गते, शुक्रबार

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले समाज, नागरिकहरू र आफ्नै कमरेडबाट एमाले बेखबर हुनु बिडम्बनापूर्ण भएको बताएकी छन् ।

सोही बेखबर भएकै कारण जेनजी आन्दोलनको अवस्था सिर्जना भएको उनको बुझाइ छ । एमाले महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा विघटनको निर्णय विडम्बनापूर्ण भएको टिप्पणी गरेसँगै उनलाई जवाफ फर्काउँदै उनले वर्तमान संसद् कोही शासकले र सैनिकले विघटन गरेको नभई आन्दोलनको बलमा भएको बताएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले भनेकी छन्, ‘समाजबाट, नागरिकहरूबाट र आफ्नै कमरेडबाट एमाले बेखबर हुनु बिडम्बनापूर्ण हो । यो संसद् कोही शासकले, कोही सैनिकले विघटन गरेको होइन । हाम्रो गणतन्त्रको मानक सम्माननीय राष्ट्रपतिको रोहबरमा भएको हो’, उनले सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार जवाफ फर्काएकी छन् ।

उनले अगाडि भनेकी छन्, ‘निश्चय पनि अस्ति २३ र २४ गतेको अकल्पनीय दुर्घटना, हत्या र ध्वंस बिडम्बनापूर्ण थिए । स–साना नानीबाबुहरूको रगत खेर जानु हुन्न । निश्चित समयावधिमा चुनाव होस्, १ सेकेण्ड पनि समय खेर नजाओस् ।’

153 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal