केएसई नेपालद्वारा विभिन्न नयाँ उत्पादनका सामानहरु सार्वजनिक

२०८२ भाद्र १ गते, आईतवार

काठमाडौं । के.एस.इ. ((KSE ) नेपालले विभिन्न नयाँ उत्पादनका सामानहरू बजारमा ल्याएको छ ।
शनिवार गोकर्णेश्वर नगरपालिका स्थित बेशिगाँउमा नयाँ उत्पादन सामग्रीहरू पत्रकार सम्मेलनमार्फत सार्वजानिक गरेको छ । विगत २ वर्षदेखि नेपाली उपभोक्तलाई सेवा प्रवाह गर्दै आइरहेको के.एस.इ. नेपालले गुणस्तरीय विद्युतिय सामानहरू बिक्रि वितरण गर्दै आईरहेको जानकारी पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

विगत २ वर्षदेखि नेपाली उपभोक्तलाई सेवा प्रवाह गर्दै आइरहेको के.एस.इ. नेपालले गुणस्तरीय विद्युतिय सामानहरू बिक्रि वितरण गर्दै आईरहेको जानकारी के.एस.इ का अध्यक्ष कुमार नेपालीले बताए ।

दैनिक रूपमा भान्सामा प्रयोग गरिने घरेलु सामग्रीदेखि विभिन्न विद्युतीय सामग्री एउटै कम्पनिमार्फत उपलब्ध गराउने हिसावले उपभोक्ताको रोजाइ र आवश्यकतालाई मध्यनजर गर्दै थप नयाँ उत्पादन सामग्री ल्याएको बताए । केएसइ नेपालका सञ्चालक कुमार नेपाली आफै चीनमा भ्रमण तथा अवलोकन गरी नेपाली बजार र उपभोक्ताले उपयोग गर्न सक्ने टिकाउ तथा भरपर्दो सामग्री भित्र्याएको बताए । कमसल र छिट्टै बिग्रिने झन्झटबाट मुक्त गर्न बलियो र गुणस्तरी सामानहरू ल्याएको पनि बताए ।

केएसइ ब्राण्डका सामग्रीहरू नेपालमा करिब ४० भन्दा बढि वितरकलाई उपलब्ध गराउँदै आएको बताउँदै उपभोक्ता तथा ग्राहकलाई विश्वास दिलाउने गरी सामान बिक्रि वितरण भईरहेको र कम्पनीमार्फत खरिद गरिएका सामग्रीको ग्यारेन्टी र वारेन्टी समेत रहेको कारण ग्राहकहरूको रोजाईमा परेको बताए ।

चाडपर्व लक्षित विभिन्न अफरको सुविधा समेत राखेर केएसइ ब्राण्डका सामानहरू बिक्री वितरण गर्न डिलरहरूलाई आग्रह गरेका छन् । केएसइ नेपालका ब्राण्डका सामानहरूमा मोबाइल चार्जर, एयरपट, ब्याट्री, कभर, मल्टि प्लग, चार्जवाला टर्च लाइट, साउण्ड रेर्कडर, बुम माइक लगायत सामग्रीहरू बजारमा आएका छन् ।

126 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal