छिरिङले सम्पन्न गर्याे “Mr. & Miss Eastpole 2082 – Season 1” काे Talent Round

२०८२ भाद्र २ गते, सोमबार

काठमाडौं । कलाकार छिरिङ शेर्पाकाे संयाेजकत्व र CS Entertainment Nepal द्वारा आयोजित “Mr. & Miss Eastpole – 2082, Season 1” काे Talent Round शनिबार काठमाडौंमा भव्यतापूर्वक सम्पन्न भएको छ। उक्त इभेन्टमा ५३ जना प्रतिस्पर्धी विद्यार्थीहरूले गीत, नृत्य, अभिनय, वाद्य वादन, वक्तृत्वलगायतका प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।

प्रस्तुतिहरूले सभाहलमा उपस्थित दर्शक र सबैलाई आकर्षित बनाउदै प्रेरणादायी र उदाहरणीय सन्देश प्रवाह गर्ने माध्यम समेत बनेको थियोे । कार्यक्रममा विद्यार्थीहरूसँगै अभिभावकहरूको उपस्थितिले पनि वातावरणलाई उत्साहपूर्ण बनाएको थियो। अभिभावकहरूले आफ्ना बालबालिकाहरूको प्रस्तुतिमा उत्साहपूर्ण साथ दिएका थिए, जसले विद्यार्थीहरूको आत्मविश्वासमा थप उर्जा थपेको आयोजकले बताएका छन् ।

प्रतियोगिता काठमाडौंको पूर्वी क्षेत्रमा अवस्थित East Pole School को सभाहलमा सम्पन्न भएको हो । निर्णायक मण्डलमा बरिष्ठ साहित्यकार तथा लेखक भीष्म फूलारा, नेपालको पहिलो महिला पहलवान तथा कलाकार भगवती खड्का, तथा कोरियोग्राफर एवं नृत्यकार नविन गुरुङ हुनुहुन्थ्यो। साहित्यकार फूलाराले विद्यार्थीहरूको प्रस्तुति प्रशंसा गर्दै भन्नुभयो, “प्रतिभा भनेको ज्ञान र अभ्यासको समिश्रण हो। नयाँ पुस्ताले देखाएको सिर्जनशीलता भविष्यलाई उज्यालो बनाउने संकेत हो।” महिला पहलवान खड्काले भनिन्, “संघर्ष र आत्मविश्वास जीवनका आधार हुन्।

विद्यार्थीहरूले देखाएको साहसले उनीहरूको भोलि सफलतामय हुनेछ।” कोरियोग्राफर नविन गुरुङले भने, “मञ्च केवल प्रतिस्पर्धा मात्र होइन, जीवनमा अनुशासन र सकारात्मक सोच सिक्ने अवसर हो।” कार्यक्रमको संयोजन बहु प्रतिभा कलाकार छिरिङ शेर्पा ले गर्नुभएको थियो। उहाँ Dancing with the Stars Season 2 की विजेता, सगरमाथा आरोही, र कालापत्थरमा ‘Highest Altitude Choreographed Dance on Land’ शीर्षकमा गिनिज वर्ल्ड रेकर्ड कायम गर्ने पहिलो नेपाली महिला समेत हुनुहुन्छ। शेर्पाले कार्यक्रममा भनिन्, “प्रतिभा जीवनको अमूल्य सम्पत्ति हो। यसलाई निखार्न सके, विद्यार्थीहरूले आफ्नो क्षमता पूर्ण रूपमा उजागर गर्न सक्नेछन्।

हरेक विद्यार्थीले आफ्नो भित्रको क्षमता पत्ता लगाएर अघि बढ्नुपर्छ।” आयोजकका अनुसार, Talent Round ले विद्यार्थीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको देखिन्छ । यस्तो खालकाे कार्यक्रमहरुले विद्यार्थीहरुलाई व्यवहारिक बनाउन पनि सहयोग गरेको छ ।

108 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

हामी र हाम्रो कृति समाजको २५औँ कृति मीरा न्यौपाने गजुरेलको मुक्तकसङ्ग्रह ‘मधुरिमा’ सार्वजनिक

२०८३ जेष्ठ २४ गते, आईतवार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal