युर्निभसल टाइम्सले मनायो आफ्नो २१औ बार्षिक उत्सव

२०८२ भाद्र १ गते, आईतवार

काठमाडौं । वल्र्ड पब्लिकेशन प्रा.लि.द्धारा हरेक सोमबार प्रकाशित हुदै आएको द युनिभर्सल टाईम्स पत्रिकाले २१ओैँ वार्षिकोत्सब मनाएको छ ।

पूर्व उपराष्ट्रपति परमानन्द झाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा भिन्न सघ,सस्थाका पदाधिकारीहरुका लगायतको बाक्लो उपस्थिति रहेको थियो ।


बार्षिक उत्सवको उद्घाटन पछि बोल्दै पूर्व उपराष्ट्रिपति परमानन्द झाले एक प्रिन्ट मिडियाले २१ वर्ष पूरा गर्नु चानचुने समय नरहेको बताउँदै २१ वर्षको काम र अनुभव सम्पुर्ण क्षेत्रमा महत्त्वपूर्ण सावित हुने हुने बताए । पूर्व उपराष्ट्रिपति झाले भने मिडिया धन कमाउनेमा भन्दा जनतालाई सहि सूचना दिन लाग्नु पर्नेमा जोड दिए ।

संधिय सांसद एवम् पूर्वमन्त्री एकनाथ ढकालले सकरात्मक पत्रकारिताको रोल मोडेलको रुपमा युनिभर्सल टाईम्स रहेको बताए । उनले सञ्चार क्षेत्रलाई राजनीतिबाट मुक्त नगरि जनताले चाहेको र दिनुपर्ने कुरा दिन चुनौती हुने भन्दै राजनीतिबाट मुक्त हुनुपर्नेमा जोड दिए ।

यस्तै पुर्वमन्त्री तथा सांसद हरि प्रसाद उप्रतीले शान्तिको लागि सकरात्मक सन्देश दिने काम द युनिर्भसल टाईम्स पत्रपत्रिकाले गरेको बताए ।

प्रतिनिधी सभा सदस्य अशोक कुमार चौधरीले युनिभर्सल टाईम्सले जनतालाई प्राथमिकतामा राखेर जिम्मेवारी पूरा गर्दै आएको बताए । सुचनाको बाढि भएको समयमा सत्यतथ्यको अभाव भईरहेको अवस्थामा यो मिडियाले निष्पक्ष रुपमा समाचार प्रवाह गर्दै आएको उनको भनाई थियो । त्यस्तै अर्का सांसद रेखा यादवले मिडिया काउन्सिल विधेयकमा आएका भएका त्रुटि र समस्यालाई बताईदिन आग्रह गर्दै संसदमा आवाज उठाउने प्रतिबद्धता गरिन्।

सांसद यादवले कलमले कागजमा प्वाल नपारोस, मन नरोईदियोस भन्दै पत्रकार पार्टिगत आवद्धताको कारण स्वतन्त्रता हराएको अनुभुति भएको बताउँदै पत्रकारले समाचारमा पार्टीगत गन्ध नआउनुपर्ने कुरामा पत्रकार स्वयम सचेत हुनुपर्ने बताए । उनले आउने आउने पिडिले फेरि द युनिर्भसल पत्रिका पढ्न पाउन भन्ने शुभकामना दिए । सांसद सेराज थारुकीले पनि युनिभर्सल टाईम्सले सत्य, पारदर्शितालाई अंगिकार गरेर समाचार प्रवाह गर्दै आएको बताए । सांसद तारा लामा तामाङले यस मिडियाको लेखाइ चिन्तन विश्व शान्तिको अभियानमा टेवा पुगेको होला भन्नेमा विस्वस्त रहेको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रशाद दाहालले पत्रकारितालाई मिडिया काउन्सिल विधेयकद्वारा अंकुरा लगाउन लागेको बताए । सरकारले पञ्चायतमा जस्तो व्यवस्था गरि अनलाइन दर्ता प्रकरण अगाडि ल्याएको बताउँदै त्यसलाई तत्काल सच्याउन आग्रह गरे । नेपाल पत्रकार मन्चका महासचिव राजु भण्डारीले आजभोलि अस्पष्ट, अधुरो समाचार आउने बजारमा यो मिडियाले सत्यतथ्य र स्पष्ट समाचार प्रवाह गरेको भन्दै निरन्तरताको शुभकामना दिए ।


प्रेस काउन्सिलका नेपालका सदस्य सन्तराम बिडारीले पब्लिकले उठाउने प्रश्नको जवाफ दिनु पर्ने कुरालाई आत्मासाथ गर्दै पत्रकारले आफुले जे लेख्यौ त्यहि सर्वेसर्वा भन्ने मनशाय राख्नु नहुनेमा जोड दिए ।

प्रेस काउन्सिल प्रमुख झविन्द्र भुसालले श्रमजीवी पत्रकारको रोजिरोटिमा समस्या, कन्टेनकोमा खोजिको अभाव तथा मिडिया हाउसमा विज्ञापनमा महामारी भएको भनिएको अवस्थामा युनिर्भसल टाईम्सले सन्तुलित तरिकाले समाचार प्रबाह गरेको बताए । एफ एफ डब्लु पीयू नेपालका अध्यक्ष कृष्ण अधिकारीले सकरात्मक सन्देश दिन युनिभर्सल टाईम्स नैतिक रुपबाट जिम्मेवारी पुर्ण रुपमा अगाडि बढ्ने बताए ।
सो अवसरमा पत्रकार महासंघका केन्द्रीय सदस्य, मोनुका कुवर, नेपाल पत्रकार महासंघ एसोसियट प्रदेशका अध्यक्ष रोयल आचार्य, अधिवता लिलानाथ घिमिरे लगायतले युनिर्भसल टाइम्स पत्रिकालेसकरात्मकताका साथ समाचार प्रवाह गर्न शुभेच्छा व्यक्त गरे ।

वक्ताहरुले सामाजिक रूपान्तरणका कुरा गफमा सीमित नराखी व्यवहारमा उतार्नुपर्नेमा जोड दिए हालको मिडिया काउन्सिल विधेयकको अस्पष्टता र अनलाइन मिडियालाई सिडिओ कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधानप्रति आपत्ति जनाउँदै, यसले सञ्चारमाध्यमलाई निरुत्साहित पार्ने काम गरेको छ भन्दै सरकारको कदमको विरोध गरेका थिए । बल्र्ड पब्लिकेशन प्रालिका सञ्चालक सन्तोष कुमार पौडेलको सभापतित्वमा भएको कार्यक्रममो संञ्चालन पत्रिकाका सम्पादक बिष्णु निश्चलले गरेका थिए ।

59 Views

ताजा

जापानमा राष्ट्रपति पौडेल

२०८२ माघ १९ गते, सोमबार

जापानमा राष्ट्रपति पौडेल

२०८२ माघ १९ गते, सोमबार

पशुपति क्षेत्रमा पहिलो पटक ‘विश्वमेध श्रीविद्या कोटि अर्चना महायज्ञ’ हुने  

२०८२ माघ १९ गते, सोमबार

जुम्लाबाट उम्मेदवार बनेका मनऋषि धिताल भन्छन्ः जनताले मलाई जिताउछन्    

२०८२ माघ १९ गते, सोमबार

‘लोभी नजर’ सार्वजनिक

२०८२ माघ १९ गते, सोमबार

NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिकालाई

२०८२ माघ १९ गते, सोमबार

निर्वाचन आउन ३१ दिन बाँकीः ३० लाख मतपत्र छापियो

२०८२ माघ १९ गते, सोमबार

रविन्द्र प्रताप शाह समाजसेवामा सधैं अग्रसर

२०८२ माघ १६ गते, शुक्रबार

भोलि संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को राष्ट्रिय सम्मेलन हुँदै

२०८२ माघ १५ गते, बिहीबार

निर्वाचनमा आचारसंहिता पालना जरुरी

२०८२ माघ १५ गते, बिहीबार

खगेन्द्र सुनारलाई तीन वर्ष कैदको माग

२०८२ माघ १५ गते, बिहीबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal