शिव भजन “जाउॅंला कैलाशैमा” सार्वजनिक (भिडियोसहित)
काठमाडौं । साहित्यकार भीष्मराज फुलाराको शब्द रहेको शिव भजन “जाउॅंला कैलाशैमा” सार्वजनिक भएको छ ।
अहिलेका यूवा पुस्ताका चर्चित सङ्गीतकार राजेन्द्र बजगाईको स्वर, सङ्गीत र एरेन्ज रहेको शिव भजनमा सामुहिक स्वर सुवास तिम्सिना, रबिन्द्र लामिछाने, प्रतिमा के.सी. र नितु पौडेलको रहेको छ । मनोज परियारको मिक्सिङ्ग माष्टरिङ्गमा ‘आफ्नो मन’ स्टुडीयोमा रेकर्ड भएको उक्त भजनमा पोसन घर्तीमगर र अनिस थापाको खैचडीरमादल र रत्न बिकको बासुरीको धुन सुन्न पाईन्छ।
उत्तम प्रसाद अधिकारीको निर्देशकीय भूमिका रहेको भजनको भिडियोमा राजेन्द्र बजगाई, भीष्मराज फुलारा, सुवास तिम्सिना, रबिन्द्र लामिछाने, प्रतिमा के।सी, राज टाईगर, हरि यादव र विनोद रसाईलीले भजनमा कलाकारको भूमिकामा साथ दिएका छन । उक्त भजनको भिडियोमा राजेश कुमारको सम्पादकिय भूमिका, सुविन गोदारको छायांकन, पुर्षोतम नेपालको सहायक छायांकन, भिडियो बैकको दृश्य निर्माण रहेको छ । द ल अफिस अप वासु डी फुलारा पी।सी।, अमेरिकाको सहकार्यमा उक्त भजन फुलारा इन्टरटेनमेन्ट नेटवर्क युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । भजनको दृष्य छायाकंन कोटेश्वर महादेव मन्दिर परिसरमा गरिएको हो ।
साउन महिना हिन्दू धर्ममा खासगरी भगवान् शिवलाई समर्पित महिनाका रूपमा मनाइन्छ । साउन महिनामा ध्यान, जप, योग, उपवासजस्ता कार्यले आध्यात्मिक उन्नति हुने विश्वास गरिन्छ। यहि कुरालाई मध्य नजर गरि शिव भजन “जाउॅंला कैलाशैमा” सार्वजनिक गरिएको लेखक फुलाराको भनाइ छ ।
यस अघि यूवा लेखक भीष्मराज फुलाराले पुस्तक लेखनको साथै दर्जनौ गीतहरू दर्शकरश्रोता माझ पस्किसक्नु भएको छ । फुलाराकै शब्द रहेको “पुतली माया लाम्न हो” बोलको गीतले यतिबेला बजार तताएको पनि छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





