शिव भजन “जाउॅंला कैलाशैमा” सार्वजनिक (भिडियोसहित)

२०८२ श्रावण ३ गते, शनिबार

काठमाडौं । साहित्यकार भीष्मराज फुलाराको शब्द रहेको शिव भजन “जाउॅंला कैलाशैमा” सार्वजनिक भएको छ ।

अहिलेका यूवा पुस्ताका चर्चित सङ्गीतकार राजेन्द्र बजगाईको स्वर, सङ्गीत र एरेन्ज रहेको शिव भजनमा सामुहिक स्वर सुवास तिम्सिना, रबिन्द्र लामिछाने, प्रतिमा के.सी. र नितु पौडेलको रहेको छ । मनोज परियारको मिक्सिङ्ग माष्टरिङ्गमा ‘आफ्नो मन’ स्टुडीयोमा रेकर्ड भएको उक्त भजनमा पोसन घर्तीमगर र अनिस थापाको खैचडीरमादल र रत्न बिकको बासुरीको धुन सुन्न पाईन्छ।

उत्तम प्रसाद अधिकारीको निर्देशकीय भूमिका रहेको भजनको भिडियोमा राजेन्द्र बजगाई, भीष्मराज फुलारा, सुवास तिम्सिना, रबिन्द्र लामिछाने, प्रतिमा के।सी, राज टाईगर, हरि यादव र विनोद रसाईलीले भजनमा कलाकारको भूमिकामा साथ दिएका छन । उक्त भजनको भिडियोमा राजेश कुमारको सम्पादकिय भूमिका, सुविन गोदारको छायांकन, पुर्षोतम नेपालको सहायक छायांकन, भिडियो बैकको दृश्य निर्माण रहेको छ । द ल अफिस अप वासु डी फुलारा पी।सी।, अमेरिकाको सहकार्यमा उक्त भजन फुलारा इन्टरटेनमेन्ट नेटवर्क युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । भजनको दृष्य छायाकंन कोटेश्वर महादेव मन्दिर परिसरमा गरिएको हो ।

साउन महिना हिन्दू धर्ममा खासगरी भगवान् शिवलाई समर्पित महिनाका रूपमा मनाइन्छ । साउन महिनामा ध्यान, जप, योग, उपवासजस्ता कार्यले आध्यात्मिक उन्नति हुने विश्वास गरिन्छ। यहि कुरालाई मध्य नजर गरि शिव भजन “जाउॅंला कैलाशैमा” सार्वजनिक गरिएको लेखक फुलाराको भनाइ छ ।

यस अघि यूवा लेखक भीष्मराज फुलाराले पुस्तक लेखनको साथै दर्जनौ गीतहरू दर्शकरश्रोता माझ पस्किसक्नु भएको छ । फुलाराकै शब्द रहेको “पुतली माया लाम्न हो” बोलको गीतले यतिबेला बजार तताएको पनि छ ।

 

132 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal