तारकेश्वरबाट एसईई उत्तीर्ण विद्यार्थीलाई परिवर्तन अभियानद्वारा सम्मान
काठमाडौँ । काठमाडौँको तारकेश्वरस्थित संस्थागत र सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मानित गरिएको छ ।
परिवर्तन अभियान नेपालले राजधानीको नेपालटारमा एक कार्यक्रमको आयोजना गरेर पालिकाभरका कुल ७१ विद्यालयबाट एसईईमा सफल विद्यार्थीहरुलाई सम्मानित गरेको हो ।
तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटीका अनुसार पालिकाबाट विभिन्न विद्यालयबाट १७ जनाले ४ जीपीए ल्याएका छन् । सबै १७ जना विद्यार्थीलाई कार्यक्रममै सम्मानीत गरिएको र अन्य विद्यार्थीलको हकमा सम्बन्धित विद्यालयमार्फत प्रमाणपत्र हस्तान्तरण गरिएको परिवर्तन अभियान नेपालका संयोजक सुशील भट्टले जानकारी दिए ।
उनका अनुसार ४ जीपीए प्रणिता ओझा, दीपेन्द्र आचार्य, निश्चल गिरी, प्रतिमा तामाङ, शौरभ रिजाल, समृद्धि रिजाल, शोयता गुरुङ, विनायक शर्मा, सोफिया शैयद, समीश्रण तामाङ, अञ्जली थापा, आयुशा राई, सदीक्षा भट्टराई, सुचन बस्नेत, विजय कुमार शाह, प्रतिज्ञा तामाङ र दीपेश गौतम रहेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बर्बाद भयो र देश खतरामा छ भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरे । देशमा केही राम्रो भए पनि भने जति गर्न नसकिएको स्वीकारेका महामन्त्री थापाले कुनैपनि विषय वा मुद्दाका सवालमा अध्ययन, विश्लेषण र समीक्षाका आधारमा मात्र समर्थन वा विरोध गर्न सुझाव दिए ।
एसईई परीक्षामा उत्तिर्ण भएका विद्यार्थीहरुलाई सम्मान गर्दै उनले अबको जिम्मेवारी विद्यार्थीहरुले लिनुपर्ने भन्दै ‘नथाक्नुस्, नभाग्नुस्, नगल्नुस्’ भन्ने सन्देश दिए। उनले मुलुकै अडिएर बस्न, नयाँ कुरा सिक्न, प्रश्न र आलोचना गर्नपनि सुझाव दिए ।
यस्तै कांग्रेस काठमाडौँका सभापति सबुज बानियाले विद्यार्थी भविष्यको कर्णाधार भएको उल्लेख गर्दै आफ्नो लक्ष्य निर्धारण गरेर अगाडि बढ्न सुझाव दिए ।
यस्तै भट्टले एसईई उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गर्न पाउँदा खुशी लागेको भन्दै नव युवाहरुलाई प्रोत्साहित गर्न आफू सँधै तत्पर रहने बताए ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी, तारकेश्वर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष शम्भु फुयाल, वडा नम्बर १० का अध्यक्ष कुमार राई, वडा नम्बर ३ का अध्यक्ष प्रशुराम अर्याल , स्थानीय नेता रमेश खड्कालगायतको सहभागिता थियो । विभिन्न कलेजहरुको स्टलसमेत राखिएको कार्यक्रममा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई शैक्षिक परामर्श समेत प्रदान गरिएको थियो ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





