जापानमा नेपाल फेसन एण्ड इन्टरमेन्ट इनटरनेशनल अवार्ड सम्पन्न

२०८२ जेष्ठ २३ गते, शुक्रबार

काठमाडौं । नेपाल फेसन एण्ड इन्टरमेन्ट इनटरनेशनल अवार्डको चौथो संस्करण यसै साता जापानको राजधानी टोकियोमा सम्पन्न भएको छ । हिमालयन मुभीज प्रोडकस्न हाउस काठमाडौंको आयोजनामा सन २०२५ को संस्करण स्वरुप फेसन तथा मनोरंजन एवं सामाजिक क्षेत्रका ब्यतित्वहरुको योगदानको कदर स्वरुप अवार्ड सम्पन्न गरिएको हो ।

जापानका एन.आर.एन अध्यक्ष नबिन न्युरेको प्रमुख अतिथित्यतामा सम्पन्न कार्यक्रममा जापानका बिजनेस एसोसियन अध्यक्ष सहित अन्य बिशिस्ट ब्यतिहरुको पनि सहभागी रहेको थियो । अवार्ड कार्यक्रममा आकर्षक फेसन सो राखिएको थियो भने एक दर्जन भन्दा बढी नेपाल तथा जापानका मनोरंजन एवं सामाजिक क्षेत्रका ब्यतित्वहरुलाई एवार्डद्वारा सम्मान गरिएको कार्यक्रम प्रस्तोता तथा प्रोग्राम म्यानेजर कोमलनाथ खतिवडाले जानकारी दिए ।

कार्यक्रममा निजगढ बाराकी सजना खतिवडाले सोसियल वेलफेयर एयाक्टिभिस्ट अवार्ड २०२५ को अवार्ड हासिल गरेकी हिमालयन मुभीज प्रोडकस्न हाउसका सि।इ।ओ। तथा चर्चित फेसन कोरियोग्राफर हिमानी शुब्बाले जानकारी दिइन । सम्मानित हुने खतिवडा मिस बिउटिसियन नेपाल २०२० का बिजेता हुन, उनिले यश अघि २०२४ मा इजिप्टको कायोरोमा सम्पन्न प्रोडक्सन हाउसको तेस्रो संस्करणमा चर्चित सौन्दर्य विशेषज्ञ अवार्डबाट सम्मानित भएकी थिइन ।

निजगढ(५ बागदेब निबासी सजना छाया नेपाल गैर सरकारी संस्थामा आबद्ध रहि समाजमा लक्षित समुहका महिलाहरूलाई आत्मनिर्भर बनाउने दिशामा मार्गदर्शन गर्दै, बाताबरण जगेर्ना लगायतका अन्य क्रायक्रम मार्फत सेबा प्रदान गर्दै आएको छिन ।

विशेष गरी ग्रामीण भेगका महिलाहरूलाई सीप विकास तालिम, मानसिक सशक्तिकरण कार्यक्रम र सामाजिक सचेतना अभियानमा संलग्न गराउँदै आएको उनको योगदानको उच्च मूल्याङ्कन गरिएको हो ।

अवार्ड सम्मान ग्रहण गर्दै समहारो कार्यक्रममा सजनाले भनिन्, “यो सम्मान मेरो लागि मात्र होइन, म जस्ता सामाजिक सेवामा संलग्न सबै महिलाहरूको हौसलाको लागि प्रेरणादायक हुनेछ । यस सम्मानले मलाई अझ धेरै जिम्मेवारीका साथ समाजको सेवा गर्न हौसला प्रदान गरेको छ ।”

यस कार्यक्रममार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपाली प्रतिभाहरूको पहिचान उजागर हुनुका साथै सामाजिक तथा सांस्कृतिक आदानप्रदानमा टेवा पुगेको आयोजक संस्थाको विश्वास रहेको छ ।

136 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal