गगन थापाप्रति दया लागेको प्रधानमन्त्री ओलीको टिप्पणी, ‘विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म’को आरोप प्रमाणित गर्न चूनौति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म भन्ने अभिव्यक्ति दिने कांग्रेस महामन्त्री गगन थापालाई त्यो आरोप प्रमाणित गर्न चूनौति दिएका छन् । प्रधानमन्त्री ओलीले त्यस्तो अभिव्यक्ति दिएको भन्दै दिनेहरुप्रति दया लागेको टिप्पणी गरेका छन् ।
आज मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सम्बोधनको क्रममा उनले गगन थापाको नाम नलिईक भने,‘कोही यस्तरी धतुङ्गाएर बोल्छन्, प्रधानमन्त्रीको बेडरूमसम्मै बिचौलियाको पहुँच पुग्या छ। दया लाग्छ तिनका त्यस्ता शब्दहरू सुन्दा। के बोलेको त्योरु त्यस्ता कुराहरू प्रमाणित गर्न सक्छन्, तर बोलेका छन् ।’
केही समयअघि गगन थापाले गभर्नर नियुक्ती र एआईजी बढुवामा भैरहेको ढिलाईलाई लक्षित गरेर प्रधानमन्त्रीको बेडरुमसम्म विचौलियाको पहुँच रहेको टिप्पणी गरेका थिए । प्रधानमन्त्री ओलीले भने केही समय लिएरमात्रै गगनको उक्त अभिव्यक्तिप्रति जवाफ फर्काएका हुन् । उनले विहानै सरकार ढल्न लाग्यो, बेलुका ढल्न लाग्यो भनेर बोल्नेहरु शेरबहादुर देउवा बैंककबाट फर्किएपछि चिसै पानीले नुहाउन बाध्य भएको भन्दै सरकार परिवर्तनको हल्लाको पछि नलाग्न स्पष्ट पारे ।
उनले एमाले ०८४ को निर्वाचनमा राष्ट्रिय निर्णायक शक्ति बन्ने भन्दै मिशन–८४ मा लाग्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले अहिले एमाले नेतृत्वलाई प्रहार गर्न केही तत्वहरु लागिपरेको पनि आरोप लगाए ।
ताजा
MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता
२०८३ असार २ गते, मंगलवार
MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता
२०८३ असार २ गते, मंगलवार
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
२०८३ असार १ गते, सोमबार
जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध
२०८३ असार १ गते, सोमबार
नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण : नेपाल डेभलपमेन्ट वाच
२०८३ असार १ गते, सोमबार
नेपालको सीमामा नेपालीलाई नै त्रास
२०८३ असार १ गते, सोमबार
#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन
२०८३ असार १ गते, सोमबार
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए
२०८३ जेष्ठ ३१ गते, आईतवार
परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै
२०८३ जेष्ठ ३१ गते, आईतवार
न्याय जनताको घरदैलोमा न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता
२०८३ जेष्ठ ३१ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





