सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन

२०८२ बैशाख १० गते, बुधबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई एक दिन पनि सत्तामा बस्ने नैतिक अधिकार नरहेको बताएको छ । आज समसामयिक विषयवस्तुबारे पार्टीको धारणा सार्वजनिक गर्नका लागि आयोजित पत्रकार सम्मेलनमार्फत् माओवादी केन्द्रले सरकार प्राविधिक रुपमा अस्तित्वमा रहेपनि राजनीतिक वैधानिकता गुमाइसकेको बताएको हो ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘वर्तमान सरकार प्राविधिक रुपमा त अस्तित्वमा छ । राजनीतिक रुपमा आफ्नो वैधानिकता गुमाइसकेको छ । आफ्नो औचित्य स्थापित गर्न पूर्णतः असफल भएको यो सरकारलाई एकदिन पनि सत्तामा रहने नैतिक अधिकार छैन । वर्तमान सत्ता गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकताविपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न सकेको छैन ।’
साथै, सत्ता गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकताविपरित बनेको र अहिलेसम्म देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न नसकेको माओवादीको निष्कर्ष छ । माओवादीले काठमाडौं केन्द्रीत आन्दोलनमा रहेका शिक्षकहरुको माग तुरुन्त सम्बोधन गर्न सरकारको ध्यानाकर्ष गराएको छ ।

119 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal