वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेठ १७ देखि १९ गतेसम्म हुने
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आगामी जेठ १७ गतेदेखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी तेस्रो राष्ट्रिय सम्मेलनबारे जानकारी गराइएको हो । राष्ट्रिय सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आतिथ्यतामा हुने बताइएको छ ।
त्यसैगरी, प्रदेश सम्मेलनहरु जेठ ५ गतेसम्म गरिसक्ने, जसअन्तर्गत बागमतीको वैशाख १७ र १८ गते काठमाडौंमा, विशेष प्रदेशको वैशाख १९ गते काठमाडौंमा, गण्डकीको वैशाख २० र २१ गते पोखरामा, सुदुरपश्चिमको बैशाख २३ र २४ गते धनगढीमा, कोशी प्रदेशको वैशाख २६ र २७ गते, कर्णालीको २९ र ३० गते सुर्खेतमा, लुम्बिनीको जेठ १ र २ गते दाङमा र मधेशको जेठ ४ र ५ गते गर्ने निर्णय भएको बताइएको छ ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वाईसीएल अध्यक्ष सुवोधराज सेर्पालीले भने, ‘स्थानीय तहका चार यसभन्दा बढी सम्मेलन हामीले सम्पन्न गरिसकेका छौं । यही १७ गतेदेखि प्रदेश सम्मेलन सुरु हुने र जेठको ५ गतेसम्म सबै प्रदेशका सम्मेलनहरु सम्पन्न गर्दैछौं । जेठको १७ गते हामीले राष्ट्रिय सम्मेलनको ऐतिहासिक उद्घाटन शत्र सुरु गर्ने र त्यसै दिन विधान शत्र सुरु गर्ने, विधान पारित गर्ने, १८ र १९ गते बन्दशत्र गरेर समापन गर्नेगरी हामीले सम्मेलनको कार्ययोजना तयार गरेका छौं ।’
अध्यक्ष सेर्पालीले तेस्रो राष्ट्रिय सम्मेलनबाट जुझारु टिम बन्ने बताए । उनले माओवादी केन्द्र र वाईसीएल नेपालले जनतामा देखिएको निराशालाई आशामा परिणत गर्न सक्नुपर्ने बताए । उनले जनतालाई गणतन्त्रबाहेक अर्को कुनै तन्त्रको चाहना नरहेको बताए ।‘यो देशमा गणतन्त्रप्रति जनता खुसी छन्, जनतालाई अर्को कुनै तन्त्र चाहिएको छैन । व्यवस्थाप्रति जनता सन्तुष्ट छन् । तर, जनताको अवस्था नबद्लिँदा, राजनीतिक घोषणापत्रहरुमा जे कुरा हामीले भन्यौं, ती कुरा सही ढंगले लागू नगर्दा जनतामा जुन खालेको निराशा छ, त्यो निराशा चिर्न वाईसीएल नेपाल र माओवादी केन्द्र दृढतापूर्वक लाग्छ । हाम्रा आफ्ना कमीकमजोरीलाई सच्याएर अगाडि बढ्नुपर्छ,’– उनले भने ।
वाईसीएल नेपालको राष्ट्रिय सम्मेलनले युवाहरुको मुद्दा सम्बोधन गर्न दवाब सिर्जना गर्ने अध्यक्ष सेर्पालीले विश्वास व्यक्त गरे । अबको दश वर्षलाई विकास, समृद्धि र रोजगारीको वर्ष बनाउनुपर्छ भन्ने वाईसीएल नेपालको धारणा रहेको र तेस्रो राष्ट्रिय सम्मेलन पनि त्यसैअनुकूल अगाडि जाने उनले बताए ।
त्यसैगरी, वाईसिएल नेपालका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशीखा’ ले आजको वाईसीएल २०६२÷०६३ को भूमिकामा मात्रै सीमित नभएर त्यो भन्दा पनि स्मार्ट भइसकेको बताए । तत्कालीन समयमा सडक संघर्षबाट चिनिएको वाईसीएल अहिले बाढी आएको ठाउँमा, भूकम्प गएको ठाउँमा जनताको रक्षाको लागि पुग्ने गरेको बताए । ‘आज हामीलाई चाहिएको स्मार्ट वाईसीएल हो । युवा संगठनको काम ढुंगामुडा मात्रै गर्ने, नारामात्रै लगाउने बुझाइ छ । युवा संगठनको काम यो मात्रै होईन । उत्पादनको क्षेत्रमा पनि युवा संगठनले काम गर्नुपर्छ भनेर हामी लागेका छौं,’– उनले भने ।
ताजा
‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?
२०८३ भाद्र ८ गते, सोमबार
‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?
२०८३ भाद्र ८ गते, सोमबार
‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश
२०८३ भाद्र ८ गते, सोमबार
चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक
२०८३ भाद्र ८ गते, सोमबार
पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक
२०८३ भाद्र ८ गते, सोमबार
लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)
२०८३ भाद्र ८ गते, सोमबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबार
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





