“च्यारिटी रनवे २०२५ भोल्युम २” भव्य रूपमा सम्पन्नः अदृश्य प्रतिभाले पाए मञ्च
काठमाडौ । अदृश्य प्रतिभालाई मञ्च दिँदै, ‘अपाङ्गता असमर्थता होइन’ भन्ने सन्देशलाई जनमानसमा प्रदान गरि सि।एस इन्टरटेनमेन नेपालको आयोजनामा मंगलबार जोरपाटी स्थिति पिस ब्याङ्क्वेट काठमाडौंमा ूच्यारिटी रनवे २०२५ भोल्युम २ू भव्य रुपमा सम्पन्न भएको छ । आत्मबल, समानता र सम्भावनाको अद्वितीय उत्सवका रूपमा ‘च्यारिटी रनवे २०२५ भोल्युम २’ सम्पन्न गरेको हो । सीएस इन्टरटेन्मेन्ट नेपालको आयोजनामा भएको यो विशेष कार्यक्रम ‘अपाङ्गता असमर्थता होइन’ भन्ने सशक्त सन्देश बोकेर अघि सारिएको थियोे ।कार्यक्रममा १८ जना अपाङ्ग प्रतिभाहरूले रंगीन सांस्कृतिक पहिरन, मेकअप र आभूषणमा सजिएर आत्मविश्वासपूर्वक रनवेमा प्रस्तुति दिएका थिए, जसले उपस्थित दर्शकहरूलाई भावुक र प्रेरित बनायो ।

कार्यक्रममा एक अत्यन्तै मर्मस्पर्शी पक्ष थियो—अपाङ्गता भएका व्यक्तिहरूका जीवनमा युगान्तकारी योगदान पुर्याउने स्वर्गीय खगेन्द्र बहादुर बस्नेतप्रति विशेष श्रद्धाञ्जली र सम्मान प्रदान गरिएको थियोे । स्व। खगेन्द्र नेपाल अपाङ्ग संघका संस्थापक, सामाजिक न्यायका योद्धा र अपाङ्ग अधिकारका प्रेरणादायी स्तम्भ हुन । उहाँको समाजप्रतिको योगदानको उच्च सम्मान स्वरूप खगेन्द्रलाई “राष्ट्रिय गौरव मृत्यु पर्यन्त सम्मान २०८१” प्रदान गरिएको छ । उक्त सम्मान उहाँका भान्जा डा। तिलक राज बस्नेतले ग्रहण गर्नुभयो। पुरस्कार ग्रहण गर्दा डा। बस्नेत भावुक हुँदै भने, “मामाले अपाङ्गता भएका व्यक्तिको आवाज बन्ने काम गर्नुभयो। आज यो सम्मान उहाँको सपना साकार हुँदै गएको प्रतीक हो।”
कार्यक्रममा श्रेष्ठ उपस्थिति र समावेशी सहभागिता रहेको थियोे । नेपाल सरकारका अर्थ समितिका अध्यक्ष माननीय सन्तोष चालिसेले प्रमुख अतिथिका रुपमा रही कार्यक्रमलाई सम्बोधन गरेका थिए । विशेष अतिथिहरुमा गोकरणेश्वर नगरपालिकाका मेयर दीपक रिजाल, उप–मेयर साना नानी लामा, साथै वडा नं. ५ का अध्यक्ष तथा नगर प्रवक्ता नारायण बहादुर सुवेदी, वडा नं। ६ का अध्यक्ष नवराज लामा, वडा नं. ८ का अध्यक्ष नन्दलाल श्रेष्ठ, वडा नं. ९ का अध्यक्ष राजीव थापा, र वडा नं। ५ का सदस्यहरू धर्म थिङ लामा, लक्ष्मी पुडासैनी, श्री बहादुर योगी र कमला नेपाली, कलाकार लाक्पा शेर्पा, फुटी शेर्पा, राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेश सचिव करण तामाङको गरिमामय उपस्थिति रह्यो साथै, समाजसेवीहरू, महिला समूहहरू, युवाहरू, अपाङ्ग अधिकारकर्मीहरू र सकारात्मक सोच भएका नागरिकहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई सामाजिक ऐक्यबद्धताको प्रतीक बनाएको थियो ।
उत्कृष्ट र सफल आयोजनामा सीएस इन्टरटेन्मेन्ट नेपालकी सीईओ छिरिङ शेर्पाको नेतृत्व अत्यन्तै सराहनीय रह्यो । उनको सक्रियता, सामाजिक चेतना र निष्ठाले यो कार्यक्रमलाई केवल शो मात्र नभई सामाजिक रूपान्तरणको अभियान बनाएको छ । ‘च्यारिटी रनवे २०२५’ले नेपाली समाजमा एउटा गहिरो सन्देश छाडेको देखिन्छ । “अपाङ्गता असमर्थता होइन, यो त आत्मबल, साहस र सम्भावनाको अर्को नाम हो ू कार्यक्रमका अध्यक्ष छिरिङ शेर्पा बताउँछिन् । छिरिङले यस भन्दा अघि पनि धेरै कार्यक्रमहरु आयोजना र सम्पन्न गरिसकेकि छिन् । उनी विश्व किर्तिमानी, सगरमाथा आरोही र डान्सिङ स्टार नेपाल लगायतका उपाधिहरुले आफुलाई स्थापित गर्न सफल महिला हुन । कल्पना भन्दा बाहिरको उत्कृष्ट सम्मान योग्य कार्यक्रम आयोजना गरेकोमा छिरिङलाई सबैले मुक्तकण्ठले प्रशंसा गर्दै बधाई र धन्यवाद ज्ञापन गरेका छन् । उक्त साँझ, सहभागीहरू केवल एक कार्यक्रम हेरेर होइन, परिवर्तनको भावना लिएर घर फर्किएको देखिन्छ । कार्यक्रम सफलताको शुभकामना दिन र हौसलाका निमित्त उपस्थित रहेको सम्पुर्णलाई अध्यक्ष छिरिङले धन्यवाद व्यक्त गरेका थिए ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





