गोलन्जोरको दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता वडा नं ७ खुर्कोटले जित्यो

२०८१ चैत्र ३० गते, शनिबार

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका, ४ खोक्लिङ खेलमैदानमा आयोजना भएको दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेल शुक्रबार रोमाञ्चक मोडमा सम्पन्न भएको छ । वडा नं. ७ खुर्कोटले वडा नं. ४ लाई ट्राइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । नियमित समयमा दुबै टोलीले १–१ को बराबरी गरेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा खुर्कोटले ३ गोल गर्दै निर्णायक बढत लिएर विजयी हुन सफल भयो । यसरी उनीहरूले प्रतियोगिताको उपाधि आफ्नो नाम गराउन सफल भए ।प्रतियोगिताको समापनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलरक्षक पनि घोषणा गरिएको छ । खुर्कोट टोलीका अनिल माझी उत्कृष्ट गोलरक्षक घोषित हुनुभयो ।

उपाधि जिताउनुका साथै उत्कृष्ट खेलाडीको पुरस्कार पनि उहाँले हात पार्नुभयो ।यसैगरी, वडा नं. ४ का निराजन ठकुरी खेलाडीले उत्कृष्ट गोलकर्ता र वडा नं. ७ का सन्तोष माझी उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गर्नुभयो । उनीहरूलाई ३–३ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । आज बिहान भएको खेलमा वडा नं ।२ लाई ७ गोलको फराकिलो अन्तरले हराउँदै वडा नं । ३ तृतीय स्थान हासिल गरेको थियो । खेलको विजेतालाई ६२ हजार ५ सय नगद, उप–विजेतालाई ३७ हजार ५ सय नगद र तृतीय स्थान हासिल गरेको टिमलाई २५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

162 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal