टेलिश्रृखला ‘रहरहरु’ को प्रोमो सार्वजनिक

२०८१ चैत्र ३० गते, शनिबार

काठमाडौं । गासबाँस कपासको लागि रुमलिएका निम्न वर्गीय परिवारकोे कथा समेटीएको टेलिश्रृखला ‘रहरहरु’ को प्रोमो सार्वजनिक भएको छ ।

मालिका मिडिया एण्ड रिसर्च प्रा।लि द्धारा उत्पादन भएको यस टेलिश्रृखलामा बिशेषगरी गाउँदेखि सहर छिरेका आम मानिसको कथा समेटीएकोे छ । यस टेलिश्रृखलालाई लेखन तथा निर्देशक मुकेश हमाल र अमृत काउचा दईजना मिलेर गरिरहेका छन । गाउबाट सहर मानिसहरु विभिन्न अवसरको खोजिमा आउने गर्दछन तर भनेजस्तो काम पनि पाउदैन र काम पाईहाले पनि समयमा तलव नपाउने अझ यस श्रृखलामा मजदुरहरुकाको कथालाई प्राथामिकतामा राखिएको हुदा कहिलेकाही धेरै रहरहरुले गर्दा कहर पनि निम्त्याउछ भन्ने संदेश दिन खोजिएको छ ।

यस टेलिश्रृखलाका लेखक तथा निर्देशक मुकेस हमाल पछील्लो समय चर्चित टेलिसिरियल सकस,उल्टो सुल्टो,मेरीबासैमा अभिनय गर्दै आएका छन ।सिन्धुली घरभई काठमाडौंमा बसेर संघ्रस गर्दै सर्वनाम नाटक घरमा वि।सं।२०७४ मा नाट्य अभिनय सिकेका हमालको अभिनय पछील्लोसमय धेरैैले रुचाउदै आका छन ।

त्यसैगरी यस टेलिश्रृखलाका अर्का लेखक तथा निर्देशक अमृत काउचा पनि सर्वनाम नाटक घरमै वि।सं।२०७३ मा नाट् अभिनय सिकेर नै यस क्षेत्रमा लागेको बताउछन । रुपन्देहीको कञ्चन गाउँपालिका घर भई उनी पनि पछील्लो समय फिल्ममा समेत अभिनय गरिरहेका छन भने आफैले पनि दर्जन भन्दा बढी लघुचलचित्र बनाईसकेकाछन ।

करिब ३० मिनेटको यस टेलिश्रृखलामा कलाकारहरु मुकेश हमाल,भुमिका थारु,अमृत काउचा,बिकाश घलान,धिरज थापा मगर,सुदिश थापा मगर,नरेन भट्टराई,दिपक फुयाल र दीक्षा ठकुरी रहेकाछन ।

मालिका मिडिया एण्ड रिसर्च प्रा।लि द्धारा उत्पादन भएको यो टेलिश्रृखला बैशाख ५ गत्ते,शुक्रबार साँझ ६ः१५ बजे बाट मुकेश हमाल अफिसियल युटुयुव च्यानलमार्फत प्रसारण हुने भएको छ ।

145 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal