रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

काठमाडौं – युवा पर्यटन व्यवसायी एंव समाजसेवी सुदामा कार्की क्षेत्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएको छन् । असार ७, ८ र ९ गते चितवनमा हुने महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्य पदका आकांक्षी कार्कीले पार्टी संगठनलाई अझ सशक्त, प्रभावकारी र जनमुखी बनाउन आफूले योगदान दिन उम्मेदवार बन्न लागेको बताएका छन् । कार्की रास्वपा काठमाडौं महानगर अधिबेशनबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्बाचित भएका थिए ।

लामो समयदेखि पर्यटन व्यवसायमा सक्रिय कार्की सफल पर्यटन व्यवसायीका रूपमा परिचित छन् । पर्यटन क्षेत्रको व्यावहारिक अनुभव, व्यवस्थापकीय क्षमता तथा निजी क्षेत्रसँगको सहकार्यलाई राजनीतिक नेतृत्वमार्फत राष्ट्र निर्माणमा उपयोग गर्ने उद्देश्यले उनले रास्वपाको केन्द्रीय सदस्य पदमा आकांक्षा व्यक्त गरेका हुन् । कार्की हाल लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एच नेपालका फस्र्ट भाइस डिस्ट्रिक्ट गभर्नरका रूपमा समेत सक्रिय छन् । सामाजिक सेवा, नेतृत्व विकास, शिक्षा, स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ । असहाय बालबालीकाहरुको बासस्थान तथा शिक्षामा योगदान गर्दै आएका कार्कीले उनीहरुको हक र हितको लागी आवाज उठाउँदै आएका छन् ।  कार्कीले लामो समय विश्वभाषा क्याम्पसमा जर्मन भाषाको अध्यापन पनि गरे ।

उनले देशमा सुशासन, पारदर्शिता, रोजगारी सिर्जना तथा पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । युवा, व्यवसायी तथा सामाजिक क्षेत्रका व्यक्तिहरूलाई राजनीतिमा सहभागी गराएर सकारात्मक परिवर्तन सम्भव रहेको उनको भनाइ छ ।
कार्कीले पार्टीभित्र अनुभव, क्षमता र जनतासँगको प्रत्यक्ष सम्बन्धलाई आधार बनाएर नेतृत्व चयन हुनुपर्ने धारणा राख्दै रास्वपाको संगठन विस्तार तथा जनविश्वास अभिवृद्धिमा आफू निरन्तर लागि पर्ने बताएका छन् । उनले विश्वका पचासौं देशका भ्रमण गरिसकेका छन् ।
गत फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि रास्वपाका उम्मेदवारहरुलाई विजयी गराउन महत्वपूर्ण भुमिका खेलेका थिए । पर्यटन, सामाजिक सेवा र नेतृत्व विकासका क्षेत्रमा हासिल गरेको अनुभवलाई राजनीतिक यात्रासँग जोड्दै कार्कीले रास्वपाको केन्द्रीय तहमा जिम्मेवारी पाउने विश्वास व्यक्त गरेका छन् ।
उनका समर्थकहरूले पनि पार्टीलाई बलियो बनाउन सक्षम, अनुभवी र सक्रिय व्यक्तित्वका रूपमा कार्कीलाई केन्द्रीय सदस्यमा चयन गर्नुपर्ने धारणा राखेका छन् । उनी पार्टीमा लामो समयदेखी सक्रिय रहँदै आएका छन् ।

56 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal