राजतन्त्रको पक्षमा मैले माहोल देखेको छैनः कांग्रेस सभापति देउवा

२०८१ फाल्गुन २६ गते, सोमबार

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादीको प्रदर्शन जतिनै भएपनि राजतन्त्र नफर्किने बताएका छन् ।

सोमबार कांग्रेस सुदूरपश्चिम प्रदेशको पहिलो सम्मेलन उद्घाटनका लागि कैलालीको धनगढी पुगेका देउवाले सो कुरा बताएका छन् । धनगढीमा सञ्चारकर्मीले राजतन्त्रको पक्षमा माहोल बढेको हो ? भन्दै प्रश्न गरेका थिए । जवाफमा देउवाले ‘खोइ मैले त राजतन्त्रको पक्षमा केही माहोल देखेको छैन’ भनेका थिए ।

सञ्चारकर्मीले पार्टीको १५औं महाधिवेशन कहिले हुन्छ भन्दै राखेको जिज्ञासामा देउवाले ‘समयमै हुन्छ’ भन्दै टाउको हल्लाएका थिए । पार्टीको आजबाट सुरु हुने प्रदेश सम्मेलनका लागि सभापति देउवासहित महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा, उपसभापति पूर्णबहादुर खड्का,प्रवक्ता प्रकाशशरण महत तथा देउवाको क्याम्पबाट संस्थापन इतर समूहमा जाने चर्चामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण पनि पुगेका छन् ।

119 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal