चौधरी र राउतले छिट्टै पार्टी एकता गर्ने

२०८१ फाल्गुन २६ गते, सोमबार

काठमाडौं । जनमत पार्टीका प्रवक्ता डा।शरदसिंह यादवले नागरिक उन्मुक्ति पार्टी (नाउपा) सँगको एकता प्रक्रिया आफूहरुको तर्फबाट टुङ्गिइसकेको बताएका छन् ।

आज नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनमत र नाउपाबीच अब छिट्टै एकीकरण हुने बताएका हुन् । जनमतको तर्फबाट पार्टी एकताका लागि अब केही कानुनी र प्राविधिक पाटोमात्रै टुङ्गिन बाँकी रहेको उनले बताए ।

नाउपाका संरक्षक रहेका रेशमलाल चौधरीले केही समयअघि आफूहरुबीच एकता हुन लागेको खुलासा गरेका थिए । जनमतका अध्यक्ष डा।सिके राउत र चौधरीबीच एकदमै सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको छ ।

नाउपा पार्टीले पनि प्रक्रियागत रुपमा पार्टी एकताको विषय टुङ्ग्याउँदै गएको उनले बताए । ‘नागरिक उन्मुक्ति पार्टीसँगको एकीकरणको कुरा एकदमै सकारात्मक रुपमा अगाडि बढेको छ । हाम्रो तर्फबाट हामीले करिब–करिब सबै कुरा टुङ्ग्याइसकेका छौं । केही प्राविधिक र कानुनी कुराहरु बाँकी छ । रेशम चौधरीको पार्टीबाट पनि प्रक्रियागत रुपमा त्यसलाई टुङ्गो लगाउने कुरा हुँदैछ र छिटै हामीबीच एकीकरण हुन्छ भन्ने हामी विश्वस्त छौं,’– उनले भने ।

87 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal