ज्ञानेन्द्र बोक्ने राजावादीहरुलाई सडकबाटै ठेगान लगाउनुपर्ने माओवादीको निश्कर्ष
काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) को सिंगो नेतृत्व पँक्ति पार्टीको एक महिने ‘जनतासँग माओवादी’ अभियान रोकेर काठमाडौंमा भेला भएका छन् । झापाबाट सुरु भएको अभियान रौतहट आईपुग्दा काठमाडौंमा राजावादीहरुको सलबलाहट देखिएपछि अध्यक्ष पुष्पकमल दाहालले नै गणतन्त्रमाथि धावा बोल्न थालिएको भन्दै सशक्त प्रतिकारमा उत्रिनुपर्ने निश्कर्ष सुनाएर अभियान स्थगन् गरेका थिए ।
उनीसहित सिंगो नेतृत्व पँक्ति सिमाराबाट काठमाडौं फर्किएको हो । काठमाडौं आएकै दिन प्रचण्डले पदाधिकारी बैठक राखेर वर्तमान राजनीतिको विषयमा समिक्षा गरेका थिए ।
माओवादीले राजावादीहरुको प्रदर्शनलाई गणतन्त्रमाथिको थ्रेट र बाहृय शक्तिको उक्साहट हुनसक्ने निश्कर्ष निकालेर सडकबाटै सशक्त प्रतिवाद गर्ने निश्कर्ष निकालेको छ ।
गणतन्त्र पक्षधरहरुसँगको सहकार्यमा तत्कालै सडकमा शक्ति प्रदर्शन गरिने माओवादीको तयारी छ । त्यसको लागि सुरुमा समाजवादी मोर्चाको बैठक बस्ने र मोर्चामा आवद्ध दलहरुको संयुक्त प्रदर्शन गरिने तयारी भएको एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।
समाजवादी मोर्चामा भएका दलहरुले बेग्लाबेग्लै प्रदर्शन गर्नुभन्दा एकीकृत प्रदर्शन गर्दा राम्रो सन्देश जाने माओवादीको बुझाई छ । नेकपाका महासचिव नेत्रविक्रम चन्दपनि आजै काठमाडौं आईपुग्ने बताईएको छ । नेपाली जनताले आन्दोलनको बलबाट फ्याँकेको पात्रले फेरि सक्रियता देखाउनु र टाउको उठाउनु गणतन्त्रमाथिको खतरा भनेर प्रचण्डले निश्कर्ष निकालेका छन् । सडकमा राजावादीहरुको तमाशा हेरेरमात्रै बस्न नसकिने र सडकबाटै प्रतिवाद गरिने प्रचण्डको चेतावनी छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





