रविन्द्रसँग शेखरले भने, गणतन्त्रको अन्तिम गन्तव्य राजा !

२०८१ फाल्गुन २४ गते, शनिबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आफूसँग नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गणतन्त्रको अन्तिम गन्तव्य राजा रहेको बताएको खुलासा गरेका छन् । हिजो (शुक्रबार) नेपाल प्रेस युनियनले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता शेखरले आफूले ज्ञानेन्द्रलाई अहिले पनि राजा नै भन्ने गरेको बताएका थिए । तर, नेपालमा अब राजतन्त्र वा राजसंस्थाको कुनै गुञ्जायस नरहेको उनको भनाइ थियो ।
सोही प्रसंग उल्लेख गर्दै राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अरुले पूर्वराजा भन्छन्, तर म राजा नै भन्छु ।’

शेखर कोइरालाको आजको यो भनाइपछि मैले ०२ असार, २०८० मा उहाँसँग भेटेको र उहाँकै अनुमतिमा सार्वजनिक गरेको तलको सन्देश÷संवाद याद आयो ।
कांग्रेस नेता डा।शेखर कोइरालाले गज्जबको कुरा भन्नुभयोः ‘म राजाुलाई कहिल्यै पूर्व राजा भन्दिन नि। मैले त भन्ने गरेको छु, हामी नेपाली अहिले रेलको गणतन्त्र, धर्म निरपेक्षता, राजसंस्था, हिन्दूराष्ट्रजस्ता अनेकौं डिब्बामा चढेर यात्रा गरिरहेका छौँ। गन्तव्यमा चाहिँ एकजना मान्छे मुस्कुराएर पर्खिरहेछन् । ती हुन् ‘राजा ।’
मैले सोधेँ, ‘तपाईंको यो भनाइ म उद्दरण गर्न सक्छु ?’ उहाँले भन्नुभयो, ‘किन नसक्नु ?रु मैले सार्वजनिक रूपमैँ भनेको कुरा हो यो।’

91 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal